arrow

घुस लिँदालिदैं अख्तियारकाे फन्दामा प्रहरी निरीक्षक

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
चितवन।पूर्वी चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् ।  पूर्वी चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले उनलाई विहिबार कार्यालय नजिकै मस्जिदबाट नगद आठ हजारसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिइरहेको बेला अख्तियारले गुप्तालाई पक्राउ गरेको आयोगले जनाएको छ । खैरहनीको नाइट होटलमा प्रहरी पुग्दा एक व्यक्ति भागेपछि ती व्यक्ति फेला नपरेपछि सोही होटलमा रहेका अन्य व्यक्तिलाई प्रहरी निरीक्षक गुप्ताले पक्राउ गरी रकम माग गरेका थिए । 
 
सोही रकम दिने क्रममा सुराकीको आधारमा अख्तियारले रकम लिँदालिँदै उनलाई पक्राउ गरेको हो । पक्राउपछि स्थानीयले उनीमाथि कडा कारबाही गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले गुप्तामाथि गुनासा बढेकाले जिल्ला प्रहरी कार्यालयले समेत दुई पटक स्पष्टिकरण लिई नसियत दिने तयारी गरेको बताउनु भयो । उनलाई सिन्धुलीको दुधौली तालिम केन्द्रमा काजमा पठाउन क्षेत्रीय कार्यालयले जिल्लालाई पत्र पठाइसकेको थियो । विहिबार साँझ उनलाई पत्र दिने तयारी जिल्ला प्रहरी कार्यालय चितवनले गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ