arrow

मिलन लामाले लमजुङेलाई लगे जिम्मु बेच्न

logo
श्यामशीत्तल।
प्रकाशित २०७२ माघ २१ बिहिबार
milan-lama.jpg.jpeg
लमजुङ। लमजुङ वुधवार लमजुङ सदरममुकाम वेसीशहरमा जिल्लाभरीका तामाङ समुदायका मानिसहरु आफ्नो जातिय भेषभुषामा सजिएर एक ठाउँमा जम्मा भए। उनीहरुले सांस्कृतिक झाँकीका साथमा मनाङे चौतारावाट वृहत र्याली निकाले। र्‍याली वेशीशहरको फुलवारी मन्चमा आएर टुंगियो। त्यसपछि, सांस्कृतिक पर्व सोनाम ल्होछार तथा मन्जुश्री पात्रो अनुसार सम्वत २८५२ शुभारम्भको उपलक्ष्यमा आयोजित वृहत सांस्कृतिक कार्यक्रमको उद्घाटन गरे सांसद शेर वहादुर तामाङले। वालकदेखी वृद्धसम्मका व्यक्तिहरुको वाक्लो भीड रहेको कार्यक्रममा निम्त्याईयो, चर्चित लोकगायक मिलन लामालाई।
 
उनी स्टेजमा गए र गीतवाटै लमजुङेलाई न्यानो माया अर्पण गरे। कार्यक्रम हेर्न आएका सयौँ दर्शकहरुलाई हसाउँदै उनले जिम्वु वेच्न जाउँ भन्ने वोलको गीत समेत सुनाए। उनले आफ्नो चर्चित लोकभाका लालुपाते फुल छैन रुखमात्रै वेसारेको मन छैन मुख मात्रै वोलको गीत गाउँदा दर्शकहरुले छमछमी नाचेर उनलाई साथ दिए।
 
चितवनमा जन्मे हुर्के, गायक लामाले भने तर पनि लमजुङ प्यारो लाग्छ। तामाङ समुदायले माघ २६ गते सोनाम ल्होछार मनाउँदै छन्। त्यसैको उपलक्ष्यमा जिल्लामा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हरिजंग तामाङले वताए।
 
पछिल्लो समय मौलिक कला, धर्म, संस्कृतिप्रति नव पुस्ताले चासो नदिएको वताईरहँदा वृहत सांस्कृतिक कार्यक्रममा भने युवा पुस्ताहरुको उलेख्य उपस्थिती देखिन्थ्यो। नेपाल तामाङ घेदुङ जिल्ला कार्य समितिका अध्यक्ष नारायण तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न दलका जिल्लास्तरका नेताहरुको समेत आतिथ्यता रहेको कार्यक्रममा उनीहरुले संस्कृति जगेर्नाको लागि वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गरे।
 
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समितिको आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम संचालन गरिएको हो। कार्यक्रमको नारा थियो, ‘भाषा, धर्म, संस्कृति, हाम्रो शान, वचाऔँ हाम्रो पहिचान ' कला परम्परामा विविधता रहेको नेपालमा एक समुदायले अर्का समुदायको भाषा धर्म, संस्कृतिको सम्मान गर्दै अघि वढ्नुपर्ने संस्कृति प्रेमीहरु वताउँछन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ