arrow

सामूहिक बेलविवाहले खर्च गर्ने चलन हट्यो

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
सामूहिक-बेलविवाह.jpg.jpeg
रामपुर (पाल्पा)। सामूहिक रुपमा बेलविवाह कार्यक्रमले नेवारी समुदायमा घर घरमा खर्च गरेर कन्याको बेलविवाह गर्ने चलन रामपुरमा हटेको छ । ऐतिहासिक एव्म धार्मिक पर्यटकीयस्थल रामपुरमा विगत १५ वर्षयता प्रत्येक पाँच वर्षमा सामूहिक रुपमा बेलविवाह हुँदै आएको छ । 
 
नेवा समाज रामपुर, पाल्पाको आयोजनामा तीनदिनसम्म नेवारी वैदिक परम्पराअनुसार रजस्वला नहुँदै कन्याको बेल विवाह गरिएको छ । नेवारी परम्पराअनुसार इहीयज्ञ अर्थात् तेस्रो बेलविवाह कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, वीरगन्जलगायतका स्थानका १०८ जना कन्याले बेलसँग विवाह गरेका छन् । पण्डित राजनराज राजउपाध्यायले बेलविवाह पनि एक मानवीय सांस्कृतिक कर्म भएकाले परम्परादेखि बेलसँग विवाह गर्ने चलन रहिआएको बताए ।
 
समाजका अध्यक्ष राजुप्रसाद श्रेष्ठ भनछन्“आर्थिक अवस्था कमजोर हुँदा पनि संस्कृति परम्परा बचाउन खर्च गरेर घरघरमा कन्याको बेलविवाह गर्दा न्यून आय भएका परिवारलाई बोझिलो हुने र खर्च जुटाउन समस्या पर्ने भएकाले आर्थिक भार रोक्न सामूहिक रुपमा बेलविवाह गर्ने चलन ल्याएका हौं ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ