arrow

यू–१९ क्वार्टरफाइनल : बंगलादेशसामु नेपालको २ सय १२ रनको चुनौती

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
nepal-VS-bangladehs.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध मध्यम प्रर्दशन गरेको छ । शेर बंगला नेशनल स्टेडियम मिरपुरमा जारी क्वार्टरफाइनलमा  नेपालले बंगलादेशसामु २ सय १२ रनको रनको चुनौती पेश गरेको छ । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनायो । बंगलादेश केही बेरमा जवाफी ब्याटिङ गर्दै छ । टस जितेर पहिले व्याटिङ राजेको नेपालका लागि कप्तान राजु रिजालले ७२ रन बनाए ।   
 
यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशसंग नेपालको दोस्रो भेट हो । सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनलमा बंगलादेशलाई नेपालले २३ रनले हराएको थियो । न्यूजिल्याण्डको लिङ्कन प्लेट च्याम्पियनसिप सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४७ ओभर ३ बलमा १ सय ५७ रनमै अलआउट गर्दै २३ रनको रोमान्चक जित निकालेको थियो । कप्तान विनोद दासको नेतृत्वमा मैदान उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल बनाएको थियो ।

त्यसअघि यसअघि सन् २००० मा पहिलो पटक यू–१९ विश्वकपमा सहभागी हुँदा नेपाल दोस्रो चरण पुगेको थियो । क्वार्टरफाइनलमा पराजित भएको नेपालले १५ वर्षपछी क्वार्टरफाइनल खेलेकाे हाे । यो खेलमा विजयी हुँदै नेपालले सेमिफाइनमा स्थान बनाउन सके समग्र नेपाली खेलकुदका लागि एक ऐतिहासिक उपलब्धी हुनेछ । त्यतिमात्र नभई सेमिफाइन यात्राले नेपालको आगामी विश्वकप सहभागिता सहज हुने छ । एशोसिएट राष्ट्रबाट क्वार्टरफाइनलमा पुगेका दुई टोली नेपाल र नामिविया मध्ये शीर्ष स्थानमा रहने टोली अर्को पटकको विश्वकपमा सोझै छनोट हुनेछ । नेपाल उक्त अवसर सदुपयोग गर्न नामिवियालाई पछार्न सक्नु पर्नेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ