arrow

यू–१९ विश्वकप क्वार्टरफाइन : नेपाल बंगलादेशसंग ६ विकेटले पराजित

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
Nepal-VS-Bang-new.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा नेपाल पराजित भएको छ । १५ वर्षपछी क्वार्टरफाइनलमा पुगेको नेपाल टेष्ट मान्यता प्राप्त बंगलादेशसंग     ६ विकेटले पराजित भएको हो । २ सय १२ रनको मध्यम चुनौती पछ्याएको बंगलादेशले ४८ ओभर २ बलमा ४ विकेट पुमाएर पुरा गरेको हो । 
 
बंगलादेशका लागि कप्तान मेहेदी सहसन मिराज र विकेट किपर जाकिर हसनले उत्कृष्ठ पारी खेले । जाकिरले अविजित ७५ रन बनाए भने मेहेदीले ५५ रनको योगदान दिए । शेर बंगला नेशनल स्टेडियम मिरपुरमा भएकाे क्वार्टरफाइनलमा नेपालले बंगलादेशसामु २ सय १२ रनको रनको चुनौती पेश गरेको थियो ।  नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनायाे । टस जितेर पहिले व्याटिङ राजेको नेपालका लागि कप्तान राजु रिजालले ७२ रन बनाए ।
  • बंगलादेशको २ सय रन पुरा । नेपाल हार नजिक  15:49:41

  • बङ्गलादेशलाई १८ बलमा १७ रनको आवश्यकता 15:48:20

  • १७ बल बाँकी । बंंगलादेशलाई १५ रन आवश्यक ।  15:47:55

  • २१ वलमा २० रन बनाउनु पर्ने । नेपाली बलर दबाबमा  ।  15:43:06

  • जाकिर हसनले अर्ध शतक बनाए । नेपालको सुन्दर क्याच फुत्कियो  15:35:05

  • नेपाली बलर दबाबमा । 15:30:51

  • बङ्गलादेशको पाचौ विकेटको लागि ५० रनको साझेदारी पुरा भएको छ 15:21:45

  • ङ्गलादेशको पाचौ विकेटको लागि ५० रनको साझेदारी पुरा भएको छ । 15:20:50

  • ३९ ओभरमा १ सय ४१ रन । नेपाली बलिङ कसिलो बन्दै ।  15:13:46

  • ३३ ओभरमा १ सय १९ रन । ४ विकेट पतन  14:46:42

  • नेपाली बलरले हाल सम्म अरिरिक्त रन दिएका छैनन् ।   14:34:52

  • २९ ओभरमा बंगलादेशको १०० रन क्रस । 14:32:11

  • बंगलादेशको चार विकेट पतनपछी । नेपाली खेलाडी हौसिए ।  14:31:25

  • नेपाललाई चौथो सफलता । जोयराज आउट । धमलाले व्यत्तिगत दोस्रो विकेट लिए । 14:29:25

  • नेपाल सुन्दर क्याच गर्न चुकेको छ ।  14:28:05

  • खतरनाक सान्टो आउट भएपछी नेपाको आश बढेपनि नेपाली बलरले टिकिरहेका जोयराजलाई आउट गर्न सकेका छैनन् ।  14:26:51

  • नेपाललाई तेस्रो सफलता । बङ्गलादेशका खतरनाक व्याट्सम्यान नजमुल सान्टोलाई लामिछानेले कट एण्ड क्याच गरे। 14:11:46

  • सान्टो आउट । नेपालको जित सम्भावना बढ्यो ।  14:08:32

  • नेपाललाई दोस्रो सफलता बङ्गलादेशका पिनक रन आउट भए। 13:57:37

  • बङ्गलादेशको ५० रन पुरा १५.३ ओभरमा बङ्गलादेश ५० रन बनाउदै १ विकेट गुमाएको छ। 13:46:56

  • सुशील कंडेलको बलिङमा स्कोर बढ्यो ।  13:29:50

  • रन रेट ४.२ पुग्यो । सुरुवातमा २.३ को स्थितिमा थियो ।  13:19:05

  • ९ ओभर सकियो । १ विकेटको क्षतिमा बंगलादेश २० रनको स्थितिमा ।  13:18:24

  • नेपालको फिल्डिङ चुस्त बनेको छ । यसअघि भारत विरुद्धको खेलमा नेपाली फिल्डिङ कमजोर देखिएको थियो ।  13:16:55

  • नेपाललाई बलिङ सफलता । १ विकेट हासिल । सुनील धमलाले विकेट चट्काए । 13:08:25

  • नेपाललाई बलिङ सफलता । १ विकेट हासिल । सुनील धमलाले विकेट चट्काए ।  13:08:06

  • नेपालको पहिलो मेडन ओभर । आरिफ शेख ।  13:06:38

  • ६ ओभरमा जम्मा १६ रन ।  13:05:49

  • नेपालको कसिलो बलिङ । ३ ओरमा ५ रन ।  12:54:59



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ