arrow

मरेको कुखुरा खाँदा बालिकाको मृत्यु, आमा–छोरा सिकिस्त

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
Kanchanpur.jpeg.jpeg
भीमदत्तनगर । कञ्चनपुर जिल्लामा मरेको कुखुरा खाँदा छ वर्षीया बालिकाको आज मृत्यु भएको छ । मरेको कुखुरा खाँदा झलारी–पिपलाडी नगरपालिका–११ दीपनगरका छ वर्षीया गोलमा विकको मृत्यु भएको हो । विककी आमा ३५ वर्षीया नन्दा र दाजु आठ वर्षीय निलम सिकिस्त छन् । दुबैजनाको झलारीस्थित ‘न्यू झलारी क्लिनिक’मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले जानकारी दिनुभयो । 
 
बुधबार साँझ विक परिवारले बाटोमा भेटिएको मरेको कुखुरा पकाएर खाँदा उनीहरु विरामी परेका थिए । गोलमाको आज घरमै मृत्यु भएपछि उनकी आमा र दाजुलाई उपचारका लागि झलारीस्थित क्लिनिकमा पु¥याइएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रावलले बताउनुभयो । 
 
मरेको कुखुरा खाएपछि तीनजनालाई पखाला लागे पनि घरमै सामान्य उपचार गर्दै आएका थिए । बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ