arrow

एनडिपीको सहयोगमा दुई भवन निर्माण

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
त्रिशूली(नुवाकोट)।.jpg.jpeg
त्रिशूली(नुवाकोट)। राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी)को आर्थिक सहयोगमा निर्माण भएको जिल्ला दैवीप्रकोप उद्धार समिति र जिविस कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । युएनडिपीका राष्ट्रिय निर्देशक रेनो मायर, जिल्ला दैवीप्रकोप उद्धार समितिका प्रमुख एवं प्रजिअ उमेशकुमार ढकाल र स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले भवन उद्घाटन गरेका हुन् । 
 
भवन उद्घाटनपछि आयोजित कार्यक्रममा राष्ट्रिय निर्देशक मायरले आफ्नो संस्थाले जिल्लामा सार्बजनिक सेवा प्रवाह गर्ने संस्थालाई बढी प्राथमिक दिइनाका साथै भूकम्पपीडितलाई जीविकोपार्जन गराउनका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।। 
प्रअिज ढकालले ती भवनको उपयोग गर्दै सेवा प्रवाहलाई प्रभावकारी रुपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।जिविसको भवन रु ३९ लाख ८६ हजार र उद्धार समितिको भवन रु २५ लाख ६७ हजारमा निर्माण भएको हो । युएनडिपीले थप रु आठ लाख खर्च गरी दुवै कार्यालयमा सौर्यशक्ति समेत जडान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ