arrow

‘भूकम्पपछिको समस्या पहिचान गर्दा पीडित मारमा’

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
water.jpg.jpeg
त्रिशूली(नुवाकोट)। पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वप्रमुख आयुक्त केदारनाथ उपाध्यायले सरकारले बेलैमा भूकम्पको समस्यालाई पहिचान गर्न नसक्दा झनै समस्या बल्झिँदै गएको बताए । 
 
सदरमुकाम विदुरमा आयोगका पूर्वआयुक्तहरुको समाज (फोकस एनएचआरसी) को आयोजनामा भएको भूकम्पपछिको स्थिति, अनुगमन, जवाफदेहिता, अभिवृत्ति र सामाजिक न्यायको सुनिश्चितता कार्यक्रममा फोकसका अध्यक्ष रहनुभएका उपाध्यायले सरकारी तहको असक्षताका कारण भूकम्प पीडितको सही सम्बोधन हुन नसकेको बताए । आयोगका पूर्वआयुक्त सुशील प्याकुरेलले समता कायम गराउन र गरिबीको विभेदलाई हटाउनु प्रमुख चुनौती रहेको बताए ।
प्रजिअ उमेशकुमार ढकालले नीतिगत रुपमा सरकारले स्पष्ट नपारेसम्म समस्या समाधानतर्फ नजाने बताए ।
 
 स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले भूकम्पपछिको क्षतिको आधिकारिक र विश्वसनीय तथ्याङ्क लिनका लागि टोली परिचालन गरिएको जानकारी दिए । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले भूकम्पपछिको पुनःनिर्माणका लागि स्पष्ट नीति र निर्माणलाई तत्काल थाल्न आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ