arrow

टोखामा भद्रकाली खड्ग सिद्धि जात्रा सुरु

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
भद्रकाली-खड्ग-सिद्धि-(गद्र्यः)-जात्रा.jpg.jpeg
काठमाडौं। टोखामा परम्परादेखि चल्दै आएको भद्रकाली खड्ग सिद्धि (गद्र्यः) जात्रा आज सुरु भएको छ । 
 
आर्थिक तथा प्राविधिक कारणले ३६ वर्षसम्म आयोजना गर्न नसकिएको सो जात्रा यस वर्ष नेवा गुठी टोखाको विशेष सक्रियतामा आयोजना भएको हो । नेवारी संस्कृतिमा विशेष महत्व राख्ने उक्त जात्रा शनिबारसम्म जारी रहने छ । काठमाडौंका तत्कालीन राजा यक्ष मल्लका छोरा रत्नले १५ औँ शताब्दीमा सुरुआत गरेको सो जात्रामा महालक्ष्मी, ब्रह्मायणी, भद्रकाली, नारायणी, इन्द्रायणी, पचली भैरवलगायत देवदेवीका मुकुट लगाएर नृत्य गरिन्छ ।
 
उक्त जात्रामा नृत्य गर्नका लागि काठमाडौँको वटुबाट भरत मालीको संयोजकत्वमा छ गुरु तथा १५ थकाली र नृत्यकार पुगेका छन् । स्थानीयवासीले बाजागाजासहित स्वागत गरी उनीहरुलाई विधि विधानअनुसार वस्त्रधारण गराएपछि जात्रा सुरु भएको जात्राका व्यवस्थापक सुशान्त डङ्गोलले जानकारी दिए । जात्राका सुरु गर्नुअघि पशुपक्षी बलि दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ