arrow

पुनःनिर्माणमा जुट्नुस्ःउपप्रधानमन्त्री रायमाझी

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
टोपबहादुर-रायमाझी.jpg.jpeg
काठमाडौं। उपप्रधान एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले भूकम्पपछिको पुनःनिर्माणमा जुट्न युवा विद्यार्थीलाई आह्वान गरे ।
 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) सिटिइभिटी जिल्ला समितिको चौँथो अधिवेशनलाई शुक्रकार सम्बोधन गर्दै उनले भूकम्पबाट धेरै प्रभावित १४ जिल्ला र सामान्य रुपमा प्रभावित ३१ जिल्लामा पुनःनिर्माण तथा नवनिर्माणका लागि हजारौँको सङ्ख्यामा जनशक्ति आवश्यक पर्ने भएकाले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
 
एमाओवादीका सचिवसमेत रहनुभएका मन्त्री रायमाझीले सरकारले पुनःनिर्माण र नवनिर्माणको खाका सार्वजनिक गर्ने भएकाले युवा तथा विद्यार्थीलाई पनि समावेश गरिने बताए ।भूकम्प प्रभावित जिल्लामा सयौँको सङ्ख्यामा इन्जिनियर तथा प्राविधिकको आवश्यकता पर्ने भन्दै उनले स्वयमसेवाका रुपमा पनि सरकारले खटाएको स्थानमा जान र जनताको सेवा गर्न आग्रह गरे। अखिल(क्रान्तिकारी)का अध्यक्ष रमेश मल्लले सरकारको योजनाअनुसार पुनःनिर्माण र नवनिर्माणमा लाग्न युवा तथा विद्यार्थी तयार रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ