arrow

वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1992787063.jpeg
काठमाडौं। वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन भएको छ। लामो समयदेखि अल्जाइमर्स रोगबाट ग्रस्त शर्माको मंगलवार अपरान्ह ३ बजेर ३५ मिनेट निधन भएको हो। काठमाडौं धोबीधारास्थित निवासमा उहाँको निधन भएको हो। 
 
नेपालको न्याय क्षेत्रमा श्रद्धेय व्यक्तिका रुपमा स्थापित शर्मा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तका संकलक समेत हुनुहुन्थ्यो। न्याय क्षेत्रका व्यक्तिहरुले उहाँको निधनले न्याय क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताएका छन्।
 
नेपाल वार एशोसियसनले शर्माको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ। वारका महासचिव सुनिल पोखरेलले शर्माको निधनले देशकै लागि ठूलव घाटा भएको बताउनुभएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ