arrow

पशुपति क्षेत्र विकास कोषमा राजनीति; डा टन्डनलाइ अवकास दिएकोमा सर्वोच्चमा रिट

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1196510610.jpeg
काठमाडौँ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव पदबाट गैरकानुनीरुपमा डा गोविन्द टन्डनलाई अवकाश दिइएको भन्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। 
 
टेकबहादुर कार्कीको नामबाट दायर भएको रिट निवेदनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयबाट कानुन र प्रतिपादित सिद्धान्तविपरीत सदस्य सचिव डा टन्डनलाई अवकाश दिइएको उल्लेख छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कोषका सदस्य सचिवमा नयाँ नियुक्त हुनुभएका एमाले सिन्धुपाल्चोकका नेता सरेश नेपाललगायतलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनमा त्रुटिपूर्ण तरिकाले अवकाश दिइएको बताइएको छ । 
 
रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नयाँ सदस्य सचिवको नियुक्तिको निर्णय तत्कालका लागि रोक्न अदालतसमक्ष अन्तरिम आदेश माग गरिएको छ । 
 
मन्त्रालयले गत असोज २२ गते डा टन्डनलाई अवकाश दिने पत्र जारी गरी नयाँ सदस्य सचिवमा सरेश नेपाललाई नियुक्ति गरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ