arrow

बंगलादेश दुतावासको अध्ययन छात्रबृद्धिको विवाद छिटो टुङग्याउन विद्यार्थीहरुको माग

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
bangaladesh.jpg.jpeg
काठमाडौ । नेपाल स्थित बंगलादेश दुतावासको सेल्फ फाईनान्स योजना अन्र्तगत बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीहरुले त्यसमा उत्पन्न विवाद तत्काल छानविन गरी निरुपण गर्न माग गरेका छन । विद्यार्थीहरुले शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा चार जना विद्यार्थीहरुको प्रमाणपत्र नक्कली भएको विषयमा भएको छानविन टुङग्याउन ढिलाई गर्दा आफूहरुले यस शैक्षिकसत्रबाट अध्ययन गर्न नपाउने स्थिति उत्पन्न भएको भन्दै शिक्षा मन्त्रालयलाई तत्काल छानविन सकेर आफूहरुलाई पढ्ने बातावरण बनाई दिन आग्रह गरेका हुन । 
 
पत्रकार सम्मेलनमा शेरे बंगला मेडिकल कलेजमा एमवीवीएसमा अध्ययनको लागि छनौट भएकी विद्यार्थी सुदिक्षा आचार्यले आगामि फेब्रुअरी ११ सम्ममा आफूहरुले भर्ना गर्नु पर्नेमा शिक्षामन्त्रालयले एक महिनादेखि छानविनको नाममा प्रक्रिया अडकाईरहेकोले आफूहरु समस्यामा परेको र एक वर्षको पढाई बर्बाद हुने स्थिति उत्पन्न भएको गुनासो गरिन । 
 
उनले शिक्षामन्त्रालयले चार नक्कली भनिएकाको छानविन गर्नुको साटो अरु सबैको छानविन गरेरदुख दिईरहेको भन्दै यसले आफूहरुको पढाईसँगै बंगलादेशसँगको सम्बन्धमा समेत असर पर्ने दावी गरिन । अर्की विद्यार्थी विभुषा उप्रेतिले सरकारले आफू शिक्षा दिनु पर्नेमा उल्टै आफ्नो खर्चमा शिक्षा लिन जानेलाई समेत हतोत्साहित गर्ने गरेको गुनासो गर्दै यस्तो परम्परालाई तत्काल अन्त्य नगरिए यसले भावी पुस्ता राजनीतिक, नेतृत्व र मुलुकप्रति नै वितृष्ण हुने चेतावनी दिईन । 
 
 
उनले आफूहरुले कसैलाई कुनै रकम नदिएको दावी गर्दै आफूहरुले आईओएम परिक्षा उर्तिण गरेकोले आफूहरुको छनौट प्रक्रिया गलत भएको प्रमाणित गर्न वा तत्काल अध्ययनको बातावरण बनाउन चुनौति दिईन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ