arrow

आइपिएलका लागि ९ करोडमा बिके अष्ट्रेलियन अलराउण्डर वाट्सन

वाट्सनलाई रोयल च्यालेञ्जर्स बैंङ्लोरले ९ दशमलब ५ करोड रुपैंयाँको सर्वाधिक महंगो मूल्यमा खरिद गरेको छ ।

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
Watson.jpg.jpeg
मुम्बई । आइपिएलको नवौं संस्करणका लागि बैङ्लोरमा भएको खेलाडी लिलाम विक्रीमा अष्ट्रेलियाका अलराउण्डर शेन वाट्सनलाई रोयल च्यालेञ्जर्स बैंङ्लोरले ९ दशमलब ५ करोड रुपैंयाँको सर्वाधिक महंगो मूल्यमा खरिद गरेको छ । गत वर्ष सबैभन्दा महंगो खेलाडी बनेका भारतीय क्रिकेटर युवराज सिंहलाई यसवर्ष सनराईज हैदराबादले सात करोड रुपैंयाँमा किन्यो ।

दक्षिण अफ्रिकाका अलराउण्डर खेलाडी क्रिस मौरिसलाई दिल्ली डेयरविल्सले ७ करोडमा किन्यो । उनको न्यूनतम मूल्य ५० लाख राखिएको थियो । अष्ट्रेलियन ओपनर एरोन फिञ्च र न्यूजल्याण्डका ब्याट्समेन मार्टिन गप्टिललाई योपटक कसैले किनेन । यी दुई खेलाडीको न्यूनतम मूल्य दुई करोड थियो ।

भारतका तेज बलर मोहित शर्मालाई पञ्जाबले ६ दशमलब ५ करोडमा किन्यो । उनी यसअघि चेन्नईबाट खेल्दथे । अष्ट्रेलियाका अलराउण्डर मिचेल मार्सलाई पुणेको टिमले ४ दशमलब ८ करोड रुपैंयाँको बोली लगायो । भारतका चेतेश्वर पुजारा र एस बद्रीनाथ, श्रीलंकाका महेला जयबद्र्धने, दक्षिण अफ्रिकाका हसिम अमला र अष्ट्रेलियाका जर्ज बैली कसैको नजरमा परेनन् ।

बाँया हाते तेज बलर आशीष नेहरालाई सनराइजर्स हैदराबादले साढे पाँच करोडमा खरिद ग¥यो । उनको न्यूनतम मूल्य दुई करोड रुपैंयाँ थियो । इंग्ल्याण्डका खतरनाक ब्याट्समेन केविन पीटरसनलाई पुणे टिमले साढे तीन करोडमा किन्यो, उनको न्यूनतम मूल्य २ करोड थियो । पीटरसनलाई यसअघि हैदराबादले किने पनि उनले एक खेल पनि खेल्न पाएका थिएनन् । भारतका तेज बलर इशान्त शर्मालाई पूणेको टिमले ३ दशमलब ८ करोड रुपैंयाँमा किन्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ