arrow

राष्ट्रपति यादव भीभीआईपी सुविधासहित भैंसेपाटी सर्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1846287893.jpeg
काठमाडौं। राष्ट्रपति रामवरण यादवलाई सरकारले भीभीआईपी सुरक्षासहित काठमाडौंको भैंसेपाटी क्षेत्रमा सुविधासम्पन्न घरमा आवासको व्यवस्था गर्ने भएको छ।
 
मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले जीवनभर भीभीआईपी सुरक्षा, सेवा र सुविधा प्रदान गर्न लागेको हो। बुधबार नयाँ राष्ट्रपति चयन हुने भएकाले वर्तमान राष्ट्रपतिको आवास व्यवस्था गर्न सरकारले यादवको इच्छाअनुसार भैंसेपाटी क्षेत्रमा तत्कालका लागि भाडामा घर खोजिरहेको अन्नपूर्णले लेखेको छ। 
 
राष्ट्रपति यादवले नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै शीतल निवास छाड्ने तयारी गरेका छन्। तर सरकारले उनको आवासका लागि अझैसम्म नयाँ घर तय गरिनसकेकाले केही दिन ढिला हुन सक्ने बताइएको छ।
 
पूर्वराष्ट्रपतिको हैसियतमा यादवलाई सचिवालय, नेपाली सेनाको सुरक्षा, आवास सुविधासहित अन्य सुविधा सरकारले प्रबन्ध गर्नेछ। 'केकति सेवासुविधा दिने भन्ने विषय निर्णय हुन बाँकी छ तर पूर्वराष्ट्रपतिलाई सबै सुविधा दिनेमा कुनै शंका छैन', प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने।
 
यादव निकट स्रोतका अनुसार उनले कुनै सेवामूलक सामाजिक संस्था खोलेर परोपकारी काम गर्ने मनस्थिति बनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ