arrow

रोचक बन्दै प्रिमियर लिग, शीर्ष क्लब पछारिए, लेस्टर अग्रस्थानमा

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
leicsster-city.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबल रोचक बन्दै गएको छ । लिगमा शीर्ष क्लबहरु पछारिएका छन् । शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीलाई हराँउदै लेस्टर सिटीले लिगको अंक तालिकामा अग्रता लिएको छ । म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा ३–१ ले विजयी भयो । लेस्टरलाई विजयी गराउन रोबर्ट हुथले दुई तथा रियाद माहारेजले एक गोल गरे । सिटीका सर्जियो अगुएरोले एक गोल फर्काए ।

यस्तै, टोटनह्याम हट्सपरले वाट्फोर्डलाई १–० ले हराउँदै लिग तालिकाको दोस्रो स्थानमा पकड जमाएको छ । जसले शीर्ष क्ब म्यान्चेस्टर सिटी र आर्सनल पछारिएका छन् । उता एभर्टनले स्टोक सिटीलाई ३–० ले हराएको छ ।

एस्टन भिल्लाले नर्विच सिटीलाई २–० ले हराउँदा न्यूकासल युनाइटेडले वेष्ट ब्रोमविच आल्बियनलाई १–० ले तथा साउथ ह्याम्पटनले वेष्ट ह्याम युनाइटेडलाई १–० ले स्तब्ध बनायो । लिभरपुल र सन्डरल्याण्डले २–२ को बराबरी खेल्दा स्वान्सी सिटी र क्रिष्टल प्यालेसले १–१ को बराबरी गर्दै अंक बाँडे ।

लिगान २५ खेलबाट ५३ अंक जोडेको लेष्टर सिटीले शीर्ष स्थान कब्जा गरेको छ । समान खेलबाट ४८ अंक जोडेको टोटनह्याम दोस्रो तथा ४७ अंकको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । २४ खेलबाट ४५ अंक जोडेको आर्सनल चौथो स्थानमा धकेलिएको छ ।  प्रिमियर लिगमा आइतबार दुई खेल हुँदै छन् । आर्सनलले एएफसी बर्नमाउथ तथा शीर्ष क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेडबीच खेल हुने तालिका छ ।


Robert Huth (centre) gets in front of Manchester City defender Martin Demichelis in the six-yard box to put Leicester ahead

Huth is mobbed by his Leicester team-mates as the players celebrate the goal in the third minute as the rain comes down at the Etihad



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ