arrow

विशेष दूतको भ्रमण नै ‘प्रम भ्रमणको कोशे ढुंगा’

बृहत्तर विकास एजेण्डामा सतही चर्चा

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
Bishnu-Paudel.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न औपचारिक भारत भ्रमणको रुपरेखा तय गर्न विशेष दूतका रुपमा अर्थमन्त्री विष्णु पौडेल भारत हानिएका छन् । पौडलेको भ्रमण ओली भ्रमणको वातावरण बनाउने अलावा चिसिएको राजनीतिक सम्बन्धलाई न्यानोपन दिने महत्वपूर्ण अवसर हुने बताइएको छ । पौडेल सात सदस्यीय टोली बोकेर आइतबार बिहान साढे १० बजे जेट एयरवेजको विमानमा दिल्ली हानिए । साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंग भेट कार्यक्रम छ ।  छ । अर्थमन्त्री पौडेलले सोमबार विहान समकक्षी तथा भारतीय वित्त मन्त्री अरुण जेट्लीसंग बृहत्तर विकासबारे छलफल गर्ने छन् ।  
 
मूख्य गरेर अहिलेको राजनीतिक गत्यावरोध, प्रधानमन्त्रीको भारत भ्रमणकै कार्यसुची रहेको अर्थमन्त्रीका प्रेस संयोजक मोहन चापागाईले जानकारी दिए । चापागाईँले भने, ‘बृहत्तर विकासका सबै एजण्डामा समेत छलफल गर्ने कार्यक्रम समेत छ ।’ मन्त्री पौडेलले माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा जलस्रोत मन्त्री हुँदा आफुले थालेको पहलबारे समेत पुनरावलोकन गर्न सक्ने बताइएको छ । जम्बो मन्त्री मण्डलमा प्रधानमन्त्री ओलीका एक मात्र विश्वास पात्र पौडेलले पाएको जिम्मेवारी पूरा हुनेमा परराष्ट्रमन्त्री कमल थापा समेत विश्वस्त छन् । थापाले अर्थमन्त्रीको भ्रमणलाई शंकाको दृष्टीले नहेर्न भनेका छन् । 
 
बृहत्तर विकासबारे सतहमै चर्चा : बास्कोटा
प्रधानमन्त्री ओलीको विश्वास पात्र र अर्थमन्त्रीसंग बढी घुलमिल एमाले विदेश विभाग सदस्य एवं भारत डेस्क प्रमुख युवराज बास्कोटाले अर्थमन्त्रीको भारत भ्रमणकै पेरिफेरिमा बृहत्तर विकासका सन्दर्भमा सतहमै चर्चा भएको बताए । उनले हाम्राकुरासंग भने, ‘यसबारे धेरै चर्चा भएका छन्, खास गरेर प्रस्तावित हाइड्रो पावर परियोजनालाई मुर्त रुप दिने र अघिल्लो सरकारले अघि बढाएको फास्ट ट्रयाक बनाउने विषयमा गहन छलफल हुनेछ ।’ विशेषतः प्रधानमन्त्रीको भारत भ्रमण कोशे ढंगा सावित गर्ने उपयुक्त वातावरण बनाउन र हितकर सन्देश ल्याउने कार्य अर्थमन्त्रीबाट हुने बास्कोटाले बताए ।
 
कर्णालीको चर्चा नी ? बास्कोटाले कर्णाली सम्झौताका सम्बन्धमा नीतिगत पक्ष बाँडिएको भन्दै धेरै पर नजाऔं–भने । अर्थमन्त्रीले भारतीय पक्षले भूकम्प अघि दिने भनेको सहुलियत र भूकम्पपछीको दातृ सम्मेलनबाट घोषणा गरेको पुनःनिर्माण प्रतिबद्धताबारे समेत छलफल गर्ने बास्कोटाले जानकारी दिए । यस्तै, यदी उहाँहरुले भारतीय पक्षले सहयोग गरेको भनिएको मधेस आन्दोलन निस्तेज भएको बुझ्नु भएको हो भने, त्यसबारे खास विषय के हो भन्ने खोज्नु हुनेछ–बास्कोटाले भनेका छन् । 
 
अर्थमन्त्रीका दुई आर्थिक एजेण्डा
अर्थमन्त्री विष्णु पौडेलले भारत सरकारले दिने भनेको सहुलियत ऋण र भूकम्पपछीको पूनःनिमार्णमा भारतले राखेको चासो एवं सहयोगबारे परामर्श गर्ने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब सहुलियतको विषय थन्किएको छ । जसको हाल सम्म योजना समेत बन्न सकेको छैन । भूकम्पपछीको विपद्मा तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारले काठमाडौंमा गरेको दातृ निकायको सम्मेलनमा भारतीय प्रधानमन्त्रीले १ अर्ब डलर सहयोगको घोषणा गरेका थिए । त्यसअघि, संसदलाई सम्बोधन गर्दै मोदीले नेपालभारत सम्बन्धका लागि विभिन्न चरणमा सहयोग गर्ने घोषणा समेत गरेका थिए ।
 
यस्तै, फागुन ७ देखि हुने भनिएको चार दिने भारतको औपचारिक भ्रमणको कार्यतालिकाबारे परराष्ट्र सचिव संकरदास बैरागीसहितको कुटनितिक टोलीले यकिन गर्ने बताइएको छ । अर्थमन्त्रीसंग भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, अर्थमन्त्रालयका सचिव लोक दर्शन रेग्मी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, परराष्ट्र र अर्थका सह–सचिव र उप–सचिव तथा अधिकृत सामेल छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ