arrow

सिरहामा दलित महिलामाथि कुटपिट र बलात्कार

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
263417073.jpeg

लहान। सिरहाको पूmलकहाकट्टी गाविस–२ फूलकहा गाउँकी एक दलित महिलालाई छिमेकी गाउँका युवकले सोमबार कुटपिटसहित बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।

छिमेकी अयोध्यानगर गाविस–३ कसहा चोकमा लाग्ने साप्ताहिक हाटमा दैनिक किनमेल गरेर फर्किंदै गर्दा बजारबाट करिब ३०० मिटर दक्षिणको दुरीमा रहेको फूलबारीमा बलात्कृत भएको मंगलबार साँझ सार्वजनिक भएको हो ।

मोटरसाइकलमा आएका तीन युवकमध्ये दुई जनाले समातेर एक जनाले बलात्कार गरेका हुन् ।

छिमेकी अयोध्यानगर गाविस–५ का श्रीराम महतोका कान्छा छोरा २३ वर्षीय केशव महतोले बलात्कार गरेको र उनीसँगै आएका स्थानीय ३३ वर्षीय प्रमेश्वर महतो र २९ वर्षीय प्रेम महतले महिलाको खुट्टा र हात समातेको महिलाले बताएकी छन् ।

बलात्कार गर्नुअघि रड र बाँसको फट्टाले हिर्काउँदा तीन छोराछोरीकी आमासमेत रहेकी महिलाको टाउकाको पछाडिको भाग, बाँया कान र निधारमा गहिरो घाउ भएको छ ।

महिलाको टाउकोको पछाडिको भागमा नौ, बाँया कानको माथिल्लो भागमा पाँच र निधारमा छवटा टाँका लगाइएको छ । घाइते महिलाको अयोध्यानगर–१ स्थित ग्रिनएप्पल सिटी हस्पिटलमा उपचार भइरहेको छ । महिलालाई सोमबार साँझ नै कुटपिट गरेर बलात्कार गरिएको भए पनि स्थानीय अगुवाहरुले घटनालाई गाउँमै मिलापत्र गराउने प्रयास गरेकाले मङ्गलबार साँझ मात्र सार्वजनिक भएको हो ।

कुटपिटपछि बलात्कारमा परेकी महिलाको टाउकोमा गम्भीर चोट लागेकाले सिटी स्क्यानका लागि विराटनगर वा धरान लैजान अस्पतालले सुझाव दिएको भए पनि आर्थिक अभावले लैजान नसकिएको पीडितका पतिले गुनासो गर्नुभएको छ ।

स्थानीय बासिन्दाका अनुसार पीडित महिला र बलात्कारमा संलग्न रहेका आरोप लागेका केशवकी आमा इनरदेवी महतोको कसहा बजारमा किनमेलको क्रममा सामान्य भनाभन भएको थियो ।

त्यसपछि किनमेल गरेर घर फर्किंदै गरेकी दलित महिलालाई इनरदेवीले मोबाइलमा फोन गरी छोरालाई बोलाएर बाटोमै कुटपिट र बलात्कार गर्न लगाएको पीडितले बताउनुभयो ।

कुटपिट र बलात्कारपछि बेहोस भएकी महिलालाई बजारबाट घर फर्किंदै गरेका मानिसले देखेपछि उद्धार गरी अस्पतालमा भर्ना गरेका थिए ।

बजारको भनाभनको क्रममा आफूलाई पनि कुटपिट गरेको देखाउन इनरदेवी पनि लहानको निजी अस्पतालमा भर्ना भएकी छन् यद्यपि उनलाई केही नभएको गाउँलेहरुको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले घटनाको प्रारम्भिक अनुसन्धान गरेर पीडित महिलाको स्वास्थ्य परीक्षण गरी पीडित पक्षको जाहेरीको आधारमा अनुसन्धानको थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ