arrow

अनुष्कालाई फकाउँदै विराट

बिराटले अनुष्कालाई कुनै पनि कुरामा गुमाउन नचाहेको र उनलाई पुन आफ्नो जीवनमा फर्काउनका लागि तल्लिन छन् ।

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
virat-anushka-sharma--580x395.jpg.jpeg
मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको ब्रेकअपको खबर हालका दिनमा बलिउडमा चर्चित बनेको छ । दुवैले यो बारेमा केही कुरा नखोले पनि अनुष्काले विवाह गर्न नमानेका कारण दुईबीच खटपट भएको कुरा खुल्नमा आएको छ ।

बिराट अनुष्कालाई कुनै पनि कुरामा गुमाउन नचाहेको र उनलाई पुन आफ्नो जीवनमा फर्काउनका लागि तल्लिन छन् ।  ‘बिराट अनुष्कासँगको पुरानो सम्बन्धलाई दोहो¥याउनका लागि तल्लिन छन् । उनीहरु प्रेम सम्बन्धमा प्रतिबद्ध छन्, तर विराटले विवाह गर्न प्रस्ताव राखेपछि चाहिँ अनुष्का चिढिएकी छन्,’अनुष्का नजिकको एक साथीले भनेका छन्,‘बिराट अनुष्कालाई निकै माया गर्छन्, त्यसकारण उनी अहिले अनुष्कालाई नजिक बनाउन हरपल प्रयास गरिरहेका छन् ।’

गत साता इन्स्टाग्राममा दुवैले एकअर्कालाई अनफलो गरेपछि उनीहरुबीच ब्रेकअप भएको चर्चा चलेको थियो । अनुष्का आगामी दुई वर्षसम्म फिल्ममा काम गर्ने मुड बनाईरहेकी छन् । त्यसकारण पनि उनले विराटको प्रस्तावलाई अस्वीकार गरिन् । अनुष्का हाल अभिनेता सलमान खानसँग ‘सुल्तान’को काममा व्यस्त छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ