arrow

सत्तारुढ दलका सांसद्को बैठक: भण्डारीलाई मतदान गर्ने

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
76628658.jpeg

काठमाडौँ। सत्तारूढ दलका सांसद्को आज नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संयुक्त बैठकले राष्ट्रपतिका उम्मेदवार विद्यादेवी भण्डारीलाई एकढिक्का भएर मतदान गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताले भण्डारीलाई मतदान गर्न आह्वान गर्नुभएको थियो ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भण्डारीको विजयले राष्ट्रपति पदको गरिमा र मर्यादा अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लैङ्गिक र सामाजिक समानताका दृष्टिले पनि आफूहरुको उम्मेदवारी उपयुक्त रहेको भन्दै देशभक्ति र जनताप्रतिको जिम्मेवारी पूरा गरी नयाँ इतिहास रच्न पनि आग्रह गर्नुभयो ।

राष्ट्रपति चयनको लागि केहीबेर अघि ल्होत्से हलमा गोप्य मतदान सुरु भएको छ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ पनि प्रतिस्पर्धामा हुनुुहुन्छ ।

सो पदमा विजयी हुनका लागि कम्तीमा २९९ मत प्राप्त गर्नुपर्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ