arrow

१८ गर्लफ्रेण्डका धनी फुटबल स्टार नेमार

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
nemar4.jpg.jpeg
एजेन्सी। ब्राजीलका स्टार स्ट्राइकर नेमार पटक पटक चर्चामा छाउने गरेका छन् । उनी  आफ्नो 'अफेयर'लाई लिएर चर्चामा आउने गरेका छन् । ब्राजीली मोडल तथा एक्ट्रेस ब्रूना मारक्यूजिनसँग उनको 'ब्रेकअप' भएपछि उनि फेरि अफेयरमा रहेका छन्  ।'ब्रेकअप' भएको खुलासा  १९ वर्षयी ब्रूनाले सामाजिक सज्जाल मार्फत गरेकी थिइन् । ब्राजील र बार्सिलोना क्लबका स्टार फोरवर्ड नेमार विगत दुर्इ वर्षमा दोस्रो पटक आफ्नो प्रेमिका ब्रूना मारक्यूजिनसँग टाडा भएका हुन् ।
 
 
२०१४  को फिफा विश्व कपको तयारीको केही समय अगाडि मात्र नेमार र ब्रूना बीच सँगै बस्ने सम्झौता भएको थियो । तर विश्वकप सकिए लगत्तै उनीहरुको सम्बन्ध चिसिएको  थियो। ब्रूनाले भनेकी छिन्, 'हामी बीच प्रेमको सम्बन्ध नभए पनि हामी दुबै असल साथी भएर बस्ने छौ।'
 
 
अहिलेसम्म १८ गर्लफ्रेड बनाएका नेमार १९ बर्षको उमेरमा नै विवाह नगरी बाबु बनेका थिए । यति मात्र नभई २२ वर्षको उमेरमा पुग्दा नपुग्दै १८ वटी युवतीसँग उसको अफेयर गरेका थिए  । नेमारले धेरै कम उमेरमा नै ठूलो प्रगती गरिसकेका छन् । २०१० मा नेमारले आफु भन्दा डेढ वर्ष सानी ब्राजीलियन युवती कारोल दांताससँग सम्बन्ध रहेको थियो। त्यस समयमा नेमारको उमेर सिर्फ १८ वर्षको थियो। २०११ मा नेमार पहिलो पटक बाबु बनेका थिए। अचानक बिना कारण कारोल दांताससँग पनि नेमारको ब्रेकअप भए पछि सो खवरले त्यस बेला सञ्चार माध्याम तताएको थियो ।
 
 
 
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ