arrow

डेब्यू खेल खेलेकै राष्ट्रविरुद्ध ‘अन्तिम’ जित निकाल्दै विदा भए म्याक्कुलम

हर्षबीच विदाई

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Brendon-McCullum.jpg.jpeg
एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्ड ५५ रनले  विजयी भएको छ । यो जितसंगै तीन खेलको एक दिवसीय श्रृंखला न्यूजिल्याण्डले २–१ ले कब्जा गरेको छ । अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको घरेलु टोली ४५.३ ओभर खेल्दै २ सय ४६ रन बनाएर अलआउट भयो । न्यूजिल्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले ५९, ग्रान्ट इलिओटले ५० तथा आफ्नो अन्तिम एकदिवसीय खेलेका कप्तान ब्रेन्डन म्याक्कुलमले आक्रमक ४७ रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका मिचल मार्शले ३ तथा हेजलहुड, हसटिङ्ग र बोलन्डले समान २–२ विकेट लिए । 
 
२ सय ४७ रनको चुनौती पछ्याएर मैदान उत्रिएको अष्ट्रेलियन टोली ४३.४ ओभर खेल्दै १ सय ९१ रनमा सवै विकेट गुमाउन पुग्यो । उसका लागि उसमान खवाजा र मिचल मार्शले क्रमश ४४ तथा ४१ रन बनाए । अष्ट्रेलियन ब्याटिङ ध्वस्त पार्ने क्रममा न्यूजिल्याण्डका मार्ट हेनरीले ३, एनडेसनर  र एश सोधीले समान २–२ विकेट लिए । खेलको म्यान आफ द म्याच एश सोधी घोषित भए ।
 
कप्तान म्याक्कुलमको सम्मानसाथ विदाई
न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याक्कुलम खेल जविनमा आक्रामक तथा रणनीतिक रुपमा  प्रदर्शन गर्ने ब्याट्सम्यान थिए । आफ्नो अन्तिम खेलमा समेत म्याक्कुलमले ह्यामिल्टनमा आक्रामक प्रदर्शन गरे । म्याक्कुलमले अष्ट्रेलियाविरुद्ध २७ बलको सामना गर्दै ४७ रन बनाए । संयोगवश उनले आफ्नो पहिलो डेब्यू खेल पनि  अष्ट्रेलियाविरुद्ध खेलेका थिए । सो खेलमा ५ रन मात्र बनाउ सकेका उनी रन आउट भएका थिए ।
 
सोही राष्ट्रविरुद्धको अन्तिम खेलमा विष्फोटक व्याटिङ गर्दै ४७ रन बनाए । उनले आफ्नो अन्तर्राष्ट्रिय खेल करिअरमा कुल १४ हजार ४ सय ९६ रन बनाएका छन् । उनकै उत्कृष्ट प्रदर्शन र आक्रामक रणनीतिका कारण न्यूजिल्याण्ड सन् २०१५ को एक दिवसीय विश्वकपको क्रिकेटको फाइनल सम्म पुगेको थियो । सोमबार ह्यामिल्टनमा उनको भव्य विदाई भयो । खेलाडी तथा समर्थकहरुले उनलाई सम्मानका साथ विदाई गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ