arrow

वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1910830919.jpeg

काठमाडौँ। वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति निकालेर दुःख व्यक्त गरेको छ ।

वरिष्ठ अधिवक्ता शर्माको मङ्गलवार काठमाडौँमा निधन भएको थियो । काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग निकटमा रहनु भएका शर्माको निधनले नेपालको कानूनी क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।

“संवैधानिक कानूनका ज्ञाता स्वर्गीय शर्मा राज्य विप्लवसम्बन्धी मुद्दामा कोइरालालाई फाँसीको सजायबाट जोगाउन सफल हुनु भएको थियो । कोइरालाको महत्वपूर्ण दस्तावेजका रुपमा रहेको ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ प्रकाशित गरेर स्वर्गीय शर्माले नेपालको राजनीतिक इतिहासका बारेमा अझ बढी जान्ने अवसर प्रदान गर्नु भएको थियो,” विज्ञप्तिमा उल्लेख छ ।

शर्माको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति काँग्रेसले समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ