arrow

मिलेर संविधान कार्यान्वय गरे कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : पूर्वराष्ट्रपति यादव

पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जली दिनेको भीड

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
sushil-da.jpg.jpeg
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ । कोइरालाको शव महाराजगन्जस्थित निवासबाट सानेपा लगिएको हो । अहिले सानेपामा श्रद्धाञ्जली दिनेहरुको भिड लागेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिँदै पूर्व राष्ट्रपति यादवले विगतमा संगै काम गरेको सम्झिएका छन् । डा. यादवले भने, ‘उहाँकै नेतृत्वमा संविधान निर्माण भएको छ, जारी संविधानलाई सबैले सहकार्य गरेर कार्यान्वयन गरे मात्रै उहाँप्रति सच्चा श्रद्धान्जली हुनेछ ।’ 
 
कोइरालाको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत पार्टी कार्यालय पुगेका छन् । यस्तै, विभिन्न दलका नेताहरु, पूर्वमन्त्रीहरु, कुटनीतिक नियोगका अधिकारीहरु, नीजी क्षेत्रका व्यक्तिहरु, व्यसायी, कलाकार, पत्रकार तथा सुभेच्छुकहरुको भीड लागेको छ । शोक पुस्तीकामा हस्ताक्षर गर्नेहरुको समेत लाइन लागेको छ । कोइरालाको पार्थिव शरीर अपरान्ह ४ बजे सम्म पार्टी कार्यालय सानेपामा राख्ने र त्यपछी दशरथ रंगशालामा राख्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ