arrow

टुट्यो ओम पुरीको २६ वर्षे वैवाहिक सम्बन्ध

नन्दिताले ओमलाई आफ्नो पहिलो पत्नी सीमा कपुरसँग शारीरिक सम्बन्ध राखिरहेको आरोप लगाएकी थिईन् ।

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Om.jpg.jpeg
मुम्बई । यो वर्षको शुरुवात बलिउडमा निकै निराशाजनक नै रह्यो । एक पछि अर्को गर्दै सेलिब्रेटीको सम्बन्ध टुटेको समाचार आईरह्यो । कसैको लामो प्रेम रोमान्स टुट्यो त कसैको लामो वैवाहिक सम्बन्ध नै । रणवीर–क्याट्रिना, फरहान–अधुना र अरबाज–माइलकाको सम्बन्ध टुटेको समाचार सेलाउन नपाउँदै बलिउडका अर्का हस्ती ओम पुरीको पत्नी नन्दितासँगको वैवाहिक सम्बन्ध टुटेको समाचार सार्वजनिक भएको छ । 

ओमले नन्दितासँगको २६ वर्षे पुरानो वैवाहिक सम्बन्धलाई पूर्ण विराम दिएका छन् । समाचार अनुसार गत हप्ता अदालतले दुवैजना अलग्गिएको फैसला गरेको छ । ओम दम्पतीको सम्बन्ध लामाे समयदेखि खराब वातावरणमा गुज्रिरहेको थियो । नन्दिताले ओमलाई आफ्नो पहिलो पत्नी सीमा कपुरसँग शारीरिक सम्बन्ध राखिरहेको आरोप लगाएकी थिईन् ।  

तर ओमले भने यो कुरालाई पटक पटक अस्वीकार गर्दै आएका थिए । नन्दिता पेशाले पत्रकार हुन् । उनीहरुको १८ वर्षको छोरा छन्, जसलाई निकै माया पनि गर्दछन् । अदालतले छोराको हेरचाह गर्ने जिम्मा नन्दितालाई दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ