arrow

साग : पुरुष फुटबलको सेमिफाइनलमा नेपाल, पौडीमा गौरिकाको नयाँ कीर्तिमान

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Football-sag.jpg.jpeg
काठमाडौं । नेपाल एक खेल अगावै भारतमा जारी दक्षिण एसियाली खेलकुद ‘साग’ पुरुष फुटबलकाे सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत समूह ‘बी’ काे खेलमा मंगलबार भुटान र बंगलादेशले १–१ को बराबरी खेलेपछि नेपाललाई फाइदा पुगेको हो । समूहको पहिलो खेलमा नेपालले भुटानलाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूह ‘डी’मा रहेको नेपाल तीन अंकसँगै शीर्ष स्थानमा छ । भुटान र बंगलादेशको एक–एक अंक छ । बिहीबार समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसंग खेल्नेछ । विहिबारको भिडन्तबाट समूह विजेताको टुंगो लाग्ने छ । 
नेपाल बंगलादेशलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनल खेल्ने दाउमा छ । यसअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपालले बंगलादेशसंग बराबरी खेलेको थियो । बंगबन्धु गोल्डकपको उपाधि जितेपछी उत्साही भएको नेपाल यसपटक स्वर्ण जित्ने प्रयासमा हुनेछ । 
पौडीमा गौरिकालाई तेस्रो पदक 
१३ वर्षीया पौडी खेलाडी गौरिका सिंहले व्यक्तिगत तेस्रो पदक जितेसँगै १२औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको पदकको संख्या १७ पुगेको छ  । गौरिकाले सोफिया शाहको राष्ट्रिय कीर्तिमान तोड्दै मंगलबार ४ सय मिटर फ्रिस्टाइल पाँच मिनेट ९७ दशमलव नौ १ सेकेन्डमा पूरा गरिन् । गौरिकाले यसअघि १ सय र दुई सय मिटर ब्याकस्ट्रोकमा समेत कास्य जितेकी थिइन् । 
 
यस्तै, प्रेमप्रसाद पुनले आर्चरीमा कास्य जितेका छन् । आर्चरीमा यसअघि नेपालले समूहबाहेक व्यक्तिगत पदक जितेको थिएन । तेस्रो स्थानको लागि भएको खेलमा पुनले श्रीलंकाका खेलाडीलाई ३–० ले पराजित गरे । मंगलबारै उसुमा विश्व बुढा मगरले रजत जितेका छन् । योसँगै उसुमा नेपालले १ स्वर्ण र ४ रजत गरी ५ पदक जितेको छ । मंगलर भारोत्तोलनमा तारादेवी पुनले कास्य जितिन् । तारादेवीले भारोत्तोलनको ७५ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । यो संगै नेपाल पदक तालिकाको पाँचौ स्थानमा छ । पदक तालिकाको शीर्ष स्थानमा भने भारत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ