arrow

राष्ट्रपति यादव बिहीबार शीतलनिवासबाट बाहिरिने

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1547723463.jpeg
काठमाडौँ। राष्ट्रपति डा रामवरण यादव भोलि बिहीबार ललितपुरको बागडोलस्थित भाडाको घरमा सर्ने हुनुभएको छ। व्यवस्थापिका–संसद्बाट आज राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएसँगै राष्ट्रपति डा यादव शीतलनिवासबाट सर्न लाग्नुभएको हो ।
 
नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आयोजना गर्ने बिदाइ समारोहपछि उहाँ साँझ बागडोल सर्नुहुने उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
 
सरकारले भोलि राष्ट्रपति यादवको बिदाइमा एक समारोहको आयोजना गर्दैछ। शपथग्रहण समारोह सकिएको डेढ घन्टापछि सरकारले गर्ने भिन्नै समारोहमा राष्ट्रपति यादवको बिदाइ गरिनेछ।
 
उहाँ २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चुनिनुभएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ