arrow

गणेशमानको आत्मकथा विमोचन गर्ने कोइरालाको इच्छा अधुरै

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Sushil-Koirala.jpg.jpeg
काठमाडौँ। नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दी वर्षका अवसरमा यही माघ २८ गते प्रकाशित हुन लागेको उहाँको संस्मरणात्मक आत्मकथा ‘मेरो कथाका पानाहरु’को अंग्रेजी भाषामा दुईखण्ड र नेपालीमा तेस्रो खण्डको विमोचन कार्यक्रम स्थागित भएको छ। 
 
गणेशमान सिंह फाउन्डेसनद्वारा प्रकाशित ती आत्मकथाको यही माघ २८ गते नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विमोचन गर्ने कार्यक्रम तय भएको थियो। सभापति कोइरालाको आकस्मिक निधनका कारण कार्यक्रम स्थगित भएको फाउन्डेसनद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
 
सिंहको आत्मकथा विमोचन कार्यक्रममा जाने इच्छा उहाँको थियो। उहाँले समय मिलाउनुपनि भएको थियो। तर कार्यक्रम हुनु २ दिन अघी नै उहाँकै निधन भएपछि कार्यक्रम स्थगित गरिएको फाउन्डेसनले जनाएको छ। सिंहको आत्मकथाको विमोचन कार्यक्रमको मिति पछि तय गरिने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ