arrow

प्रथम राष्ट्रपति डा. यादवको भव्य बिदाइ गरिने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
355786813.jpeg
काठमाडौं। सरकारले राष्ट्रपति डा. रामवरण यादव निर्वतमान भएपछि भव्य बिदाइ गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार साँझ पाँच बजे डा. यादवको बिदाइमा विशेष कार्यक्रमको तयारी गरेको सागर पण्डितले नयाँ पत्रिकामा लेखेका छन्। 
 
डा. यादवको बिदाइअघि बिहीबार अपराह्न ३ बजे नवनिर्वाचित राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनेछिन् । नयाँ राष्ट्रपतिले शपथ लिएपछि निवर्तमान राष्ट्रपतिको बिदाइ गरिने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
 
नवनिर्वाचित राष्ट्रपति भण्डारी बिहीबारदेखि नै शीतलनिवास सर्ने भएकी छिन् । भण्डारीलाई बिहीबार शपथ लिनुअघि संसद् भवनबाट सहिद स्मारक लैनचौरसम्म कारगेडमा सवार गराइने छ ।
 
निवर्तमान राष्ट्रपति यादवको बिदाइ कार्यक्रममा सहभागी हुन पाँच सयभन्दा बढी उच्चपदस्थ व्यक्तित्वलाई आमन्त्रण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै नामबाट सबैलाई निमन्त्रणापत्र पठाइएको छ । कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सम्पूर्ण सदस्य, प्रधानन्यायाधीश, सभामुख, संवैधानिक अंगका प्रमुखलगायतका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रमुख, संसदीय समितिका सभापति, प्रमुख सचेतकहरू, पूर्वप्रधानमन्त्रीहरू, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतलाई सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
 
साँझ पाँच बजेलाई तय गरिएको बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले निवर्तमान राष्ट्रपति यादवलाई उपहार प्रदान गर्नेछन् । यसैगरी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री तथा राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले पनि यादवलाई उपहार प्रदान गर्नेछन् ।
 
त्यसलगत्तै निवर्तमान राष्ट्रपति र प्रधानमन्त्री ओलीले बिदाइ मन्तव्य व्यक्त गर्नेछन् । त्यसपछि सरकारले आयोजना गरेको अन्तिम डिनर कार्यक्रममा सहभागी हुँदै निवर्तमान राष्ट्रपति यादव शीतलनिवासबाट सरकारले व्यवस्था गरिदिएको भैँसेपाटीस्थित निवासमा सर्नेछन् । त्यसक्रममा यादवलाई नेपाली सेनाले बिदाइ सलामी दिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ