arrow

साग : उसुमा नेपालको सुखद् सहभागिता, ‘१ स्वर्ण’ जसले अझै आश जगाइरहेको छ,

सकियो उसु

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
nima-@.jpg.jpeg
काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत उसुका सबै खेल सकिएका छन् । छैठौं दिन उसुका सबै खेल सकिँदा सम्म नेपालले १ स्वर्ण सहित २७ पदक जित्यो । बुधबार नेपाल थप ६ रजत पदक हात पारेको हो ।  बुधबार नेपालका लागि उसुका हरिप्रसाद गोले र सविता राईले रजत जिते ।
उसुको सान्सौतर्फ ५२ केजी तौल समूहमा झरना गुरुङ, ६० केजी तौल समूहमा जुनीराई र ७० केजी तौल समुहमा विन्दु पुनमगरले रजत जिते । यस्तै, राजेश गुरुङले रजत जिते । यस पटकको साग सहभागितामा नेपालको उपस्थिति उसुले सम्हालेको छ । उसुमा नेपालले १ स्वर्ण, १० रजत र १ कास्य जित्न सफल भयो । जारी सागमा हाल सम्म नेपालले उसुमा मात्रै १ मात्र स्वर्ण जितेको छ । नेपाल स्वर्ण विहिन तीन राष्ट्रमाथि पाँचौ स्थामा छ । शीर्ष स्थानको आयोजक भारतले ८० स्वर्ण हात पारिसक्दा अफगानिस्तान, भुटान र माल्दिभ्स स्वर्णविहिन छन् ।  
 
कस्ले दिलायो स्वर्ण ?
साग अन्तर्ग सिलोङ्ग भएको उसुमा नेपालले पहिलो स्वर्ण पदक हासिल गर्दा प्रतियोगिाको चार दिन वितेको थियो । प्रतियोगिता सुरु भएको चौथो दिन नेपालकी निमा घर्तिमगरले स्वर्ण जितिन् । उसुको नान्ताओउतर्फ निमा घर्तिमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । यो संगै नेपाली प्रशिक्षकले फाइनलमा पुगेका केही खेलाडीले स्वर्ण ल्याउने अपेक्षा गरेका थिए । निमाको यही स्वर्णले अझै आश जोगाइरहेको छ । नेपालले सम्भवतः फुटबलमा स्वर्ण जित्ने प्रयास गरिरहेको छ ।  
 
निमाले पहिलो चरणमा ८.४५ र दोस्रो चरणमा ८.४६ गरी कुल १६.९१ अंकसहित स्वर्ण जितेकी हुन् । रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्दै आएकी छन् । उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकामा आफूलाई एकदमै गर्व लागेको बताएकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ