arrow

शैक्षिक अभियन्ता निरौलाको निधन

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
devi-p-niraula.jpg.jpeg
विराटनगर। शैक्षिक अभियन्ता देवीप्रसाद निरौलाको ८४ वर्षको उमेरमा सोमबार विराटनगर ५ स्थित आफ्नै निवासमा निधन भएको छ। राम्रो शिक्षक बन, गाउँ जाउँ, प्रजातन्त्र सिकाउ भन्ने विपीको विचारका अभियन्ता निरौलाले तत्कालिन समयमा ओखलढुङ्गा जिल्लाको दुर्गम पहाडी गाविस कुइभिरमा स्कुल स्थापना र विभिन्न शैक्षिक क्षेत्र स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। 
 
४० वर्ष भन्दा वढी शैक्षिक जागरण, शिक्षणसंगै शिक्षकबाट अवकाश प्राप्त भएपछी नेपाली कांग्रेसमा थप क्रियाशिल भएर उहाँ कुइभिर गाविसको वडाअध्यक्ष, जिल्लाका हरेक गतिविधीमा सल्लाहकारको भुमिका निर्वाह गरेका थिए। १९८९ पुष २१ गते जन्मनु भएका निरौला बसाई सराइका क्रममा विराटनगर ५ स्थित आयलनिगममा वस्दै आएका थिए। 
 
मधुमेह र उच्चरक्तचापका विरामी निरौला लामो समयदेखी उपचाररत थिए। उनको विराटनगर स्थित परोपकार घाटमा अन्त्येष्टी गरिएको छ। अन्तेष्टी कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसञ्चारमन्त्री मिनेन्द्र रिजालले समवेदना प्रकट गरेका थिए। 
 
यस्तै सांसद तथा नेपाली कांग्रेस मोरङका सभापति अमृत अर्यालले निरौलाको पार्थीव शरिरमा कांग्रेसको झण्डा ओढाएका थिए। यसैगरी नेपाली कांग्रेस विराटनगरका नगर सभापति भीम पराजुली, क्षेत्रीय प्रतिनीधि देवेन्द्र पोख्रेल, क्षेत्र न ६ का क्षेत्रीय सभापति विनोद वस्नेत, वार्ड न ५ का सचिव देवचन्द्र घिमिरे लगाएतले समवेदना प्रकट गरेका थिए। निरौलाका ३ छोरा र ३ छोरी हुनुहुन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ