arrow

मलेसिया जाने नेपालीलाई ठुलो झड्का

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
money.jpg.jpeg
काठमाडौं । मलेसियाले बंगलादेशबाट १५ लाख कामदार लिने भएको छ । बंगलादेशका प्रधानमन्त्री सेख हसिनाले आफ्नो मुलुकबाट १५ लाख कामदार पठाउन मलेसिया सरकारसँग सहमति गरेका र केही साताभित्रै यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने जानकारी गराएका छन् । 
 
मलेसिया र बंगलादेशबीचको यो सहमतिले नेपालको वैदेशिक रोजगारीमा भने ठूलो झट्का लागेको छ । मलेसिया जाने कामदार ७५ प्रतिशतले गिरावट आएको वेला बंगलादेशी कामदार त्यहाँ जाने भएपछि नेपालीको अवसर झन् गुम्ने देखिएको छ । विगतमा मलेसियाले बंगाली कामदार रोकेर नेपाली लिन थालेकाले लाखौंले त्यहाँ अवसर पाएका थिए ।
 
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ - नेपालमा सरकारले निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाउने व्यवस्था गरेपछि मलेसियाका रोजगारदाता र एजेन्टले नेपाली कामदार लिन आनाकानी गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ