arrow

नवनिर्वाचित राष्ट्रपति भण्डारी आजै शीतलनिवास सर्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
120160198.jpeg

नवनिर्वाचित राष्ट्रपति भण्डारी आजै शीतलनिवास सर्ने

2015-10-29 12:04

काठमाडौँ, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा आज सर्नुहुनेछ ।

प्रधान न्यायाधीशबाट आज अपराह्न ३ बजे आफ्नो पद तथा गोपनीयताको शपथ लिएपछि उहाँ साँझ ५ बजे निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भई आजै काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवासबाट शीतलनिवासमा सर्ने उहाँका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

भण्डारी नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्राध्यक्षमा बुधबार निर्वाचित हुनुभएको हो । उहाँको स्थायी ठेगाना भने मोरङ जिल्लाको इटहरा–८ मा रहेको छ ।“जो मधेशीसँग बस्न रुचाउँदैन त्यो समुदाय जहाँबाट आएको हो उतै फर्के हुन्छ ।” - See more at: http://www.himalkhabar.com/114555#sthash.vpVKT8Qg.

काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा आज सर्नुहुनेछ ।

प्रधान न्यायाधीशबाट आज अपराह्न ३ बजे आफ्नो पद तथा गोपनीयताको शपथ लिएपछि उहाँ साँझ ५ बजे निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भई आजै काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवासबाट शीतलनिवासमा सर्ने उहाँका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

भण्डारी नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्राध्यक्षमा बुधबार निर्वाचित हुनुभएको हो । उहाँको स्थायी ठेगाना भने मोरङ जिल्लाको इटहरा–८ मा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ