arrow

अब स्मार्टफोनलाई पनि सेक्सी पेन्टी !

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
एजेन्सी। स्मार्टफोनको स्क्रीनलाई सुरक्षित बनाउन कयौं प्रकारका चीजहरु बजारमा प्रशस्तै पाइन्छन् । तर स्मार्टफोनको लागि समेत सेक्सी ‘अन्डरवेयर’को निर्माण गर्नु चाहि नौलो कुरा हो  । जापानको एक चर्चित 'सेक्स टोय' कम्पनीले स्मार्टफोनको मुनिको भाग ढाक्न ‘सेक्सी’ पेन्टीको निर्माण गरेको एक अन्तर्राष्ट्रिय समाचार अनलाईनले जनाएको छ ।
 
उक्त पेन्टीका कारण स्मार्टफोन प्राविधिक रुपमा अझ समृद्ध र मजबुत हुने तथा सेक्सी समेत देखिने  'सेक्स टोय' कम्पनीको दाबी रहेको छ । समाचारका अनुसारमा जापानको यस स्मार्टफोन पेन्टीको खरिद तीब्र रुपमा भईरहेको छ । जसलाई अनलाईन मार्फत पनि खरिद गर्न सक्ने जनाइएको छ । कम्पनीले स्मार्टफोनको स्क्रीन सुरक्षाका लागि धेरै सामाग्री पाइने गरिए पनि मुनिको भाग भने सधैं खुला रहने गरेको भन्दै उक्त भागलाई सुरक्षित राख्न यस्ता अन्डरवेयरको निर्माण गरेको तर्क गरेको छ ।
 
स्मार्टफोनका यस्ता सेक्सी पेन्टीहरु सिलिकनबाट बनाइएको छ । जसको मूल्य प्रति पेन्टी साढें ५ अमेरिकी डलर तोकिएको छ । यदी उपभोक्ताले हरेक दिन स्मार्टफोनको पेन्टी फेर्ने चाहना गरेमा ७ फरक–फरक किसिममा समेत पेन्टी उपलब्ध छ । जसको समग्र मूल्य साढें ३८ डलर रहेको बताइएको छ । यद्यपी यस पेन्टीको प्रयोगले भने केही मुस्किल बढाउन सक्नेछ । यसले मोबाईल चार्ज गर्न अप्ठ्यारो हुन सक्छ । तथापी युवामाझ यो पेन्टी लोकप्रिय हुँदै गएको जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ