arrow

सेक्स गर्दा गर्दै मर्ने जनावर !

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
argentus-8756-finalb.jpg.jpeg
एजेन्सी। अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो जनावर फेला पारेका छन् ।  जुन कङ्गारो जस्तो देखिने तर शरिर भने मुसाको जत्रो रहेको छ । यो जनावरले लामो समय सम्म सेक्स गरेर आफ्नो शरिर गुमाउदछ ।
 
 कङगारोको जस्तै पेटमा थैली भएको यो जनावर मार्सुपियल प्रजातिमा पर्दछ। कालो पुच्छर भएको एन्टएकिनस दक्षिण पूर्वी क्वीन्सल्याण्ड र उत्तर पूर्वी न्यू साउथ वेल्सको अग्लो स्थानमा पाइन्छन्। यो जनावरको अगाडिको भाग हल्का सेतो र पछाडिको भाग खैरो हुन्छ ।
 
 ऐन्टएकिनसको मुख्य विषेशता भनेको यसको यौन क्रिया कम्तिमा पनि १४ घण्टा सम्म चल्नु हो । यस क्रियकमा एउटा भाले एक पोथीसँग मात्र सामेल नभइ कयौँ पोथीहरु कयौँ भालेहरुसँग एक पछि अर्को गर्दै यौन क्रियामा भाग लिने गर्दछन्। यी जनावर पता लगाउने रिसर्च टीमका प्रमुख, क्वीन्सल्याण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीका एन्ड्र्यू बाकरले भने, "यो धेरै उत्तेजक जनावर हो यसले आफ्नो प्राण जोखिममा राख्न पनि तयार हुन्छ।भालेले सीधै पोथीलाई समात्छ अनि दुवै यौनमा क्रिया जुढ्छन्।"
 
कयौँ हप्ता सम्म चल्ने यी जनवारको यौन लिलाका कारणले यस प्रजातिको भालेले ज्यान गुमाउदछ। यौन क्रियाको अवधिमा यी जनावरको भालेले स्ट्रेस नामको  हारमोन उत्पादन गर्छ  र यस हारमोनले उसको शरीरको टिशू नष्ट पार्दछ जसको कारण भालेको मृत्यु हुन्छ। तर पोथीमा भने स्ट्रेस हारमोन बनाउन कार्य रोक्न सक्ने क्षमता भएकाले यसको असर पर्दैन । यो जनावार संसारको सबै भन्दा अग्लो पर्वत गोन्डवाना वर्षावनोमा पाइन्छन्।यो क्षेत्र क्वीन्सल्याण्डको स्प्रिन्गब्रूक नेशनल पार्कमा छन् र सिडनीबाट नौ सय किलोमीटर उत्तर पूर्वमा अवस्थित छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ