arrow

थिएटर मलमा भरत नाट्यम कार्यशाला

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1994926902.jpeg
काठमाडौं । राजधानीको सुन्धारास्थित नाटकघर थिएटर मलले शुक्रबारबाट शास्त्रीय नृत्य भरत नाट्यमको तालिम तथा कार्यशाला सुरु गर्ने भएको छ । नाटक मञ्चन गर्दै आएको थिएटर मलले कलाका विविध विधालाई समेट्ने क्रममा कार्तिक नाच संरक्षण समिति पाटनको सहकार्यमा भरत नाट्यमको कार्यशाला सुरु गर्न लागेको हो । 

मलका अनुसार कार्यशालामा मद्रास विश्वविद्यालय चेन्नई, भारतबाट स्नातकोत्तर गरेकी शास्त्रीय नृत्यांगना मतिना मानन्धरले प्रशिक्षण दिने छिन् । मानन्धर उक्त विश्वविद्यालयमा भरतनाट्यमका प्रख्यात गुरुहरू श्रीलता विनोद र अथिना मधुबाट दिक्षित विद्यार्थी हुन् । उनले आफूले वर्षौं लगाएर सिकेको भरत नाट्यमका मुख्य तथा आधारभूत पाटोहरू कार्यशालामा सिकाउने र अभ्यास गराउने बताइन् ।

कार्यशालाका व्यवस्थापक इलिना नकर्मीले कार्यशाला सःशुल्क ४० घण्टे अवधिको हुने पनि बताइन् । कार्यशालाका संयोजक सुनिता राजभण्डारीले कार्यशाला सुरु हुनु आफंैमा उल्लेख्य कुरा रहेको जनाउँदै भरत नाट्यम जहिले पनि र जसले पनि सिकाउन सकिने नृत्य नभएकाले कार्यशाला नृत्य सिक्नेका लागि ठूलो प्लेटफर्म हुने दाबी गरिन् ।

कार्यशालाको समापन पाटनस्थित नासः चोकमा गुरु मतिना र कार्यशालामा सहभागीहरूको भरतनाट्यम प्रस्तुतिहरूका साथ गरिने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले खुलाए । नृत्यको आधारभूत ज्ञान भएका र रंगकर्मीलाई विशेष लक्षित गर्दै थिएटर मलले यो कार्यशाला सुरु गर्न लागेको हो । 

थिएटरका कला निर्देशक केदार श्रेष्ठले साल्सालगायत पश्चिमी नृत्य तालिम केन्द्रहरूको जगजगी भइरहेको समयमा पूर्वीय शास्त्रीय कलाको जगेर्ना र प्रवद्र्धनका लागि पनि भरतनाट्यमका कार्यशाला गर्न लागेको बताए । कार्यशालाको समापन कार्यक्रम पाटनस्थि नाःस चोकमा आउ“दो मंसिर ५ गते शनिबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ