arrow

सगुन डटकमले २.१ वेभ भर्सन ल्याउने

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
sagoonaa.png.png
काठमाडौं। अमेरिकामा बस्ने नेपालीहरुले संचालन गरेको सोसल कमर्श साइट सगुन डटकम sagoon.com ले नयाँ वेभ भर्सन ल्याउने तयारी गरेको छ ।सगुनको परिस्कृत डेक्सटप तथा मोवाइल वेभ भर्सन २.१ तयार गरी आगामी हप्ता ग्लोवल लन्चिङ गर्ने तयारी गरिरहेको एक प्रेस नोट जारी गर्दै जानकारी दिएको छ । प्रयोगकर्ताहरुको सुझाव र प्रतिक्रिया तथा हामीहरुको अनुसन्धान टीमको अध्ययनपछि यसअघीका कतिपय विशेषतामा परिस्कृत गर्दै सगुनको भर्सन २.१ तयार पारिएको छ। जुन यसअघीको भन्दा चाँडो खुल्ने विश्वास लिइएको छ । प्रयोगकर्ताहरुको समस्या समाधानका लागि सगुनमा ‘हेल्प सेन्टर’ को व्यवस्था पनि गरिएको छ ।
 
मोवाइल वेभ भर्सन २.१को विश्वव्यापी रुपमा सार्वजनिक भएपछि सगुनले उपलव्ध गराएको सेवालाई थप विशेषतायुक्त बनाउन लगानी पनि बढाउने योजना बनाएको जानकारी दिएको छ । सगुन डटकम अमेरिकामा केन्द्रीय कार्यालय रहि भारत र नेपालमा कार्यालय स्थापना गरि नेपालीहरुले सन् २०१४ को जुलाईमा सगुनको १.० भर्सन सुरु भएको हो । त्यतिबेला ६० हजार भन्दा बढी प्रयोगकर्ता सगुनसँग जोडिएका थिए भने सन् २०१५ नोभेम्वरमा सगुनको २.० भर्सन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा शुभारम्भ गरेका थिए । २.० भर्सन शुरु भएयता यसका प्रयोगकर्ता २ लाख ५० हजार भन्दा बढी पुगेका छन्, यो वढ्ने क्रम जारी छ, प्रेस नोटमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ