arrow

झापा आएर कमल थापाले सम्झाए रेडियोको महत्व

logo
सुशिला संग्रौला।
प्रकाशित २०७२ फागुन १ शनिबार
Kamal-Thapa.jpg.jpeg
बिर्तामोड। उपप्रधानमन्त्री, संघीय मामिला, स्थानीय तथा परराष्ट्र मन्त्री कमल थापाले सूचनाको माध्यमबाट समाज परिवर्तन गर्न रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । शनिवार बिर्तामोडमा ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (वान)–ले आयोजना गरेको ५औं विश्व रेडियो दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री थापाले रेडियो मानिसको अभिन्न अंग बनेको र रेडियो बिना मानिस अलग बस्न नसक्ने बताए । 
 
राप्रपा नेपालका अध्यक्ष समेत रहनुभएको मन्त्री थापाले रेडियोभित्र रहेका विकृति र चुनौतिहरुलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यम राजनीतिकरण, व्यापारिकरण र बाह्य शक्तिको दवावका चुनौतिले ग्रसित भएको बताए।
 
ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (वान)–का उपाध्यक्ष कुमार भट्टाराईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ब्रोडकाष्टिङ एसोसीएशन नेपाल (वान)–का केन्द्रीय अध्यक्ष गोपालकुमार झाले कार्यक्रममाथि प्रकाश पारेका थिए भने नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ, नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, वीरता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाई लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा देशभरिका रेडियोबाट ५० जना बढी सहभागी थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ