arrow

मधेश आन्दोलन प्रभाव: झापामा रगतको अभाव, अस्पताललाई शल्यक्रियामा समस्या

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1809862428.jpeg

सुरुङ्गा (झापा)। लामो समयदेखि तराईमा भइरहेको आन्दोलनका कारण झापामा रगतको अभाव भएको छ ।

रगतको अभावसँगै जिल्लामा सञ्चालित अस्पताललाई शल्यक्रियामा समेत समस्या हुने गरेको चिकित्सकले जनाएका छन् ।

तराई आन्दोलन र अहिले चार्डपर्वको समय भएका कारण पनि रक्तदान गर्ने मानिस नहुँदा जिल्लामा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

उहाँले अन्य समयमा जिल्लामा रहेका विभिन्न सामाजिक सङ्घ सङ्गठनले रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको र अहिले कुनै पनि सङ्घसंस्थाले रक्तदान कार्यक्रमको आयोजना नगरेका कारण रगतको चरम अभाव भएको बताउनुभयो ।

रगत अभावका कारण जटिल प्रकारका शल्यक्रिया र गर्भवतीको शल्यक्रियामा सबैभन्दा बढी समस्या भएको मेची अञ्चल अस्पताल भद्रपुरले जनाएको छ ।

रगत अभाव भएकै कारण अधिकांश गर्भवतीलाई अन्यत्रै पठाउन सुरु गरेको मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक पीताम्बर ठाकुरले बताउनुभयो ।

नेपाल रेडक्रश सोसाइटी झापाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा अहिले सबै ग्रुपका रगत सकिएपछि जिल्लावासीलाई रक्तदान गरेर रगतको अभाव टार्न सघाउ पु¥याउन सभापति ढकालले अनुरोध समेत गर्नुभयो ।

झापाका अस्पतालमा विशेष गरी पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायतका स्थानबाट पनि बिरामी आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ