arrow

पुर्वी पहाडमा सुबिसु डिजिटल टिभी सुरुवात

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७२ फागुन ४ मंगलबार
5824_SUBISU_LOGO.jpg.jpeg
तेह्रथुम। सुबिसु केबलनेट प्रालिले पुर्वी पहाडी क्षेत्रमा पनि डिजिटल केबल टेलिभिजनको सेवा सुरुवात गरेको छ। सुबिसुले पुर्वी पहाडी जिल्ला तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती र म्याङलुङ तथा धनकुटाको धनकुटाबजार र हिले लगायत पहाडी क्षेत्रमै पहिलो पटक डिजिटल केबल टेलिभिजन सेवा क्लियर टिभी को सेवा सुरुवात गरेको हो।
 
दर्शकहरुको टेलिभिजन हेर्ने अनुभव अझ गुणस्तरीय बनाउन सुबिसुले पुर्वी पहाडमै पहिलो पटक डिजिटल केबल टेलिभिजन सेवा क्लियर टिभीको सुरुवात गरेको जनाएको छ। यसबाट पुर्वी पहाडका दर्शकहरुले पनि हाइ डेफिनेसन च्यानलहरुको आनन्द लिई फरक र स्तरीय टेलिभिजन सेवाको अनुभव प्राप्त गर्ने कम्पनीले जनाएको छ। 
 
क्लियर टिभीमा विभिन्न नेपाली च्यानलहरु, समाचार, मनोरञ्जन, चलचित्र, खेलकुद, बालबालिका, वृत्तचित्र र जीवनशैली, क्षेत्रीय च्यानलहरु समावेश गरिने सुबसुकालागि म्याङलुङका आधिकारिक प्रतिनिधि रोशन मोवाइल हाउसका प्रोपाइटर रोशन श्रेष्ठले बताए।
 
उनका अनुसार सरकारले सन् २०१७ सम्ममा नेपालबाट एनालग प्रविधि हटाएर डिजिटल प्रविधिको मात्र प्रयोग गर्ने घोषणा समेत गरिसकेको छ। 
 
क्लियर टिभीसेवा प्राप्त गर्न ग्राहकले सुबिसु क्लियर टिभी लाइनमा सेट अप बक्स जडान गरि उच्च गुणस्तरीय एचडी पिक्चर्स तथा अत्याधुनिक भिडियोहरुको मज्जा लिन सक्नेछन्। यस अत्याधुनिक सेवाबाट सुबिसु केबल टिभी ग्राहकहरुको संख्या बढ्ने कम्पनीले विश्वास लिएको छ।
 
नेपालमा बढ्दो डिजिटल प्रविधिको मागसँगै सुविसुले ग्राहकलाई गुणस्तरीय सेवाको अनुभव गराउने लक्ष्यसमेत लिएको बताइएको छ। डिजिटल केबल टिभीमा एउटै स्क्रिनमा सम्पूर्ण सेवाहरुको विवरण पाइन्छ भने प्रत्येक च्यानलको सात दिने विस्तृत गाइड पनि हेर्न सकिन्छ। 
 
यसैगरी डिजिटल टिभी जोडेपछि मनपर्ने कार्यक्रम सुचिकृत गर्न सकिने, मनपर्ने कार्यक्रम छुटेको खण्डमा पछि हेर्न सकिने, आफूले चाहेको चलचित्र, टिभि कार्यक्रमहरु, वृत्तचित्र आदि आफुलाई मन लागेको समय हेर्न सकिने र  आफूलाई मन परेको कार्यक्रमको स्मरण गराउन र रेकर्ड गर्न सकिने व्यवस्था छ। सुविसु नेपालमै पहिलो पटक क्लियर टिभी प्रविधि भित्र्याउने कम्पनी हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ