arrow

युएईबाट आएका ७ मध्ये सबै संस्थापन निकट; लिगेसीवालालाई भोट पक्का

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
13th-congress.png.png.png
काठमाडौं। नेपाली काँग्रेसको १३औ महाधिबेसनको लागि देशभित्रबाट महाधिवेशन प्रतिनिधीहरुको नाम आउने क्रमसँगै नेपाली जनसम्पर्क समितिहरुले पनि नामावली पठाउन थालेका छन्। 
 
नेपाली जनसम्पर्क समिति युएईको तर्फबाट सातजनालाई महाधिवेशन प्रतिनिधी तोकेर पठाइएको छ। सातमध्ये ३ जनालाई महासमिति सदस्य र ४ जनालाई महाधिबेसन प्रतिनिधि तोकेर पठाइएको छ। महासमिति सदस्य स्वत महाधिवेशन प्रतिनिधी हुन्छन। जनसम्पर्क समिति युएले सातै जनाको नाम सर्बसम्मत रुपमा चयन गरि पठाएको अध्यक्ष चित्र बहादुर केसीले जानकारी दिए। 
 
युएईका महासमिति र महाधिवेशन प्रतिनिधी सबै संस्थापन निकट रहेको बताइएको छ। यद्यपी पार्टीको लिगेसीसँग जोडिएका नेताहरुले भने सबैको मत पाउने युएईका प्रतिनिधीहरुले बताएका छन्। उनीहरुले बिपि पुत्र शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह, महेन्द्र नारायन पुत्र विमलेन्द्र निधी र गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाई छुटाउन नहुनेमा साथीहरु रहेको केसीले बताए। तर यि मध्ये अधिकांश एउटै पदमा आकाँक्षी हुँदा भने समस्या पर्ने बुझाइ त्यहाँका प्रतिनिधीहरुले जनाएका छन। 
 
युएईबाट आएका प्रतिनिधीहरु यस प्रकार छन्ः 
१-चित्र बहादुर के.सी.
२-खेम राज बस्नेत
३- महेश मोक्तान
महाधिबेसन प्रतिनिधि
१ भवानी प्रसाद तिमिल्सिना
२- कृष्ण गौतम
३- चन्द्र बिक्रम सारु मगर
४- राम कृष्ण पुन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ