arrow

नेपालमै बन्यो पहिलो समलिंगी म्युजिक भिडियो (भिडियो)

भिडियोमा पुरुषसँगै नजिक हुन खोज्ने पुरुषको कथा छ ।

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
Samir_limbu_vedio.jpg.jpeg
काठमाडौं । सम्भवत नेपालमा यो नै पहिलो पटक हो जुन म्युजिक भिडियोमा समलिङगीको कथा उठाइएको छ । हालै सार्वजनिक गायक समिर लिम्बुको गीतलाई पहिलो गे म्युजिक भिडियो मान्न सकिन्छ । भिडियोमा पुरुषसँगै नजिक हुन खोज्ने पुरुषको कथा छ । 

तिमीले त सजिलै भुलिदियौ बोलको गीतमा प्रमोद मोक्तानको संगीतमा समिर लिम्बुको अवाज छ । गीतको भाव बिशुद्ध मायाप्रेमको भए पनि भिडियोलाई फरक रुपमा प्रस्तुत गरिएको हो । समाजमा देखिएको वास्तविकतालाई भिडियोको माध्यमबाट प्रस्तुत गरेको गायक लिम्बु बताउछन । भिडियोलाई रुबुशा क्रियटिभ वर्कस्ले निर्माण गरेका हुन । 

युगल पोमोले भिडियो निर्देशन गरेका हुन । भिडियोमा त्रोयस न्यौपाने, बरुण जंग लिम्बु, शुभेच्छा रजक, दिनेश गुरुङ, सुजित कार्की र दिप्सन लिम्बुको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन । 

समलिङगीलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु जरुरी रहेको बताउदै भिडियोले केहि हदसम्म सकारात्मक सन्देश दिने निर्माण टीमको बिश्वास छ । भिडियोले भल्गारिटिभन्दा कलात्मक प्रस्तुतिलाई जोड दिएको छ । जसले हरेक बर्गका दर्शकलाई आनन्द दिन सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ