arrow

मार्ने भए गंगामायालाई पनि

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
Gangamaya.jpg.jpeg
काठमाडौं । छोराको हत्यारालाई कारबाही हुनु पर्ने मागका साथ अनसनमा बसेकी गंगामायाको स्वास्थ्यस्थिति बिग्रिएपछि मंगलबार वीर अस्पतालको आईसीयुमा भर्ना गरिएको छ। 
 
वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितका अनुसार गंगामायालाई खुट्टाको नसा सम्बन्धि रोग डिभिटी (डिप भेन थ्रम्बोसिस) ले गलाएको छ।
 
‘३ वर्षदेखि उहाँको देब्रे खुट्टामा यो समस्या थियो’ पण्डितले भने,‘अहिले आएर दाहिने खुट्टमा पनि त्यही समस्या देखिएपछि अवस्था गम्भीर भएको हो।’ उनलाई हिँडडुल गर्न र सास फेर्न पनि मुस्किल भएपछि अपरान्ह आईसीयुमा राखिएको हो। कान्तिपुर दैनिकमा समाचार छ - पण्डितका अनुसार अहिले गंगामायाको अवस्था स्थिर छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ