arrow

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव घालीको निधन

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
butros-butrosh-ghali.jpg.jpeg
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बु्त्रोस बुत्रोस घालीको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको समाचार छ । इजिप्टका राजनीतिज्ञ एवम् कूटनीतिज्ञ घालीले संयुक्त राष्ट्रसंघको महासचिवका रुपमा सन् १९९२ देखि १९९६ सम्म काम गरेका थिए ।  घालीको जन्म सन् १९२२ को नोभेम्बर १४ मा भएको थियो । पूर्व महासचिव  घाली अरेबियाली राष्ट्रको तर्फबाट संयुक्त राष्ट्रसंघको महासचिव हुने पहिलो व्यक्तित्व हुन् । 
 
उनको निधनप्रति राष्ट्रसंघीय महासचिव बान कि मुनले दुःख व्यक्त गरेका छन्  । मुनले घाली इजिप्टका एकजना वरिष्ठ राजनीतिज्ञ मात्र नभएर एक सम्मानित व्यक्तित्व भएको धारणा ब्यक्त गरे । घालीको निधनको शोकस्वरुप राष्ट्रसंघीय सुरक्षा परिषदले मङ्गलबार बिहान एक मिनेट मौनधारण गरेको थियो । महासचिव घालीले संयुक्त राष्ट्रसंघलाई शीतयुद्धकालीन समयपछि गतिदिन र विशेष रुपमा राष्ट्रसंघलाई थप कार्यक्षमता प्रदान गर्न ठूलो सहयोग पुर्‍याएका थिए  । 
 
 घाली प्रमुख हुदा संयुक्त राष्ट्रसंघको संरचनागत र व्यवस्थापकीय सुधारका लागि ठूलो काम गरेको जनाइएको छ ।  पूर्व महासचिव  घालीले इजिप्टको राष्ट्रिय मानवअधिकार परिषदको अध्यक्षको जिमेवारी निर्वाह गरेका थिए । तर सन् २०११ मा होसनी मुबारकको शासनको अन्त्यपछि घालीले सो परिषदबाट राजिनामा दिएका थिए  । पूर्व महासचिवले सन् १९४९ मा पेरिस विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा विद्यावारिधी उपाधि हासिल गरेका हुन्  । राष्ट्रसंघमा विकासका लागि एजेण्डा भन्ने विशेष कार्ययोजनाका कारण बढी चर्चामा आएका थिए । घाली सन् १९८७ मा इजिप्को सांसद बनेका हुन्  । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ