arrow

संसारका अग्ला मानव निर्मित निर्माणहरु

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
Eiffel-Tower-Paris.jpg.jpeg
एजेन्सी। फ्रान्सेली इन्जीनियर गुस्ताव आइफलको चमत्कारी संरचना बनाएको १२७ बर्ष पछि पनि मानिसहरु आइफल टावरलाई हेर्न पेरिस पुग्ने गर्दछन्। फोटामा हेर्नुहोस संसारका १० मानव निर्मित अग्ला निर्माणहरु। 
 
बुर्ज खलीफा: अहिले संसारको सबै भन्दा अग्लो टावर संयुक्त अरब अमिरियटमा अवस्थित बुर्ज खलीफा टावर हो। जेनेवरी २०१० बाट सञ्चालन आएको यो टावरको उचाई ८२९ मिटर रहेको छ। यस भित्र कयौ अपार्टमेन्ट, होटल र अफिसहरु रहेका छन्। 
 
इन्जीनियरिङ्गको चमत्कार आइफल टावर: १८८९ मा जब गुस्ताव आइफल ले आइफल टावर बनाए, तब यो इन्जीनियरिङ्गको चमत्कार नै थियो ३२४ मिटर उचाईरहेको यो टावर सन् १९३० सम्म संसारको सबै भन्दा ठूलो मानव निर्मित संरचना थियो। आज यो पेरिसको पहिचान हो र यसलाई हेर्न र चढ्न संसार भरका पर्यटक यहाँ पुग्दछन्।
 
सबै भन्दा अग्लो घडी: संसारको तेस्रो सवै भन्दा अग्लो घडि मानवद्धवारा निर्माण गरिएको घडि टावर सऊदीको मक्कामा रहेको छ। यो संसारको सवै भन्दा ठुलो मस्जिद अल हराम को अगाडि रहेको छ। ६०१ मीटर अग्लो यो टावर २०१२ मा बनाइएको हो। यस भित्र प्रार्थना गर्ने कोठा होटल र २० तल्लाको सपिङग महल रहेको छ।
 
सबै भन्दा अग्लो मूर्ति: पर्यटकलाई अग्ला भवनहरुले मात्र आर्कषित गर्दैन्न चीनको लुशानमा संसारको सबै भन्दा अग्लो मूर्ति रहेको छ। १५३ मिटर अग्लो तामाको मुर्ति २००८ मा निर्माण सम्पन्न भएको हो।अफगानिस्तानको बामियानमा बुद्ध को मुर्ति तोडिए पछि यस मुर्तिलाई बनाउने घोषणा गरिएको थियो।
 
द मदरलेण्ड कलास: रूसको बोल्गोग्राडमा १९६७ मा जब मदरलेन्ड क्लस नामको मूर्ति बनाइयो तब यहिँ नै संसारको सबै भन्दा अग्लो मुर्ति थियो। तलवार देखि तल सम्मको भागको कुल उचाई ८७ मिटर छ। यसमा रहेको दुई सय सिंडीहरु स्टालिनग्राडको लडाईको प्रतीक हो। त्यो लडाई पनि २०० दिन नै चलेको थियो।
 
अफ्रीकाको सबै भन्दा अग्लो मुर्ति: संसारका अग्ला मुर्तिहरु मध्ये अफ्रीकाको मूर्ति पनि पर्दछ। अफ्रीकन रिनासा नाम रहेको यो मूर्ति कांस बनेको छ र यो ४९ मिटर अग्लो रहेको छ। यो संरचना २०१० मा निर्माण सम्पन्न भएको हो। यसलाई १९५९ मा सिनेगलले फ्रान्सबाट पाएको स्वत्रन्तताको प्रतिक मानिन्छ।
 
लेडी लिबर्टी : न्यूयोर्कमा ४६ मिटर अग्लो लेडी लिबर्टी संसारकै अग्लो मूर्ति त होइन तर सबैभन्दा धेरै फोटोमा आउने मुर्ति चाहि पक्कै हो। करीब ४० लाख मानिसहरु हरेक वर्ष यसलाई हेर्न यहाँ पुग्ने गर्दछन्। यसलाई १८८६ मा बनाईएको हो।
 
पश्चिमी अमेरिकाको ढोका : वाइल्ड वेस्ट मिसूरीमा सेन्ट लुइस आर्क अमेरिका जाने पर्यटकहरुको आर्कषणको ठाउ हो। यो मिसिसीपी नदीको माथि बाइएको छ र यसलाई पश्चिमी अमेरिकाको ढोका भनिन्छ। १९६५ मा पुरा भएको यो पुल इन्जीनियरिङ्गको प्रतिक हो र स्टेनलेस स्टील कंक्रीटबाट बनेको संसारको सबै भन्दा ठुलो ढाँचा हो। 
 
पिरामिड : सबै भन्दा पुराना रिकर्ड मिस्रमा गीजाको पिरामिड सबै भन्दा पुरानो संरचना हो जुन संसारको अग्लो भवनहरुमा पर्दछ। २५६० ईसा पूर्वमा बनेको यो पिरामिड ठुल ठुला ढुङगाबाट बनेको छ। यो मिस्रका चौथे वंश फाराओ खुफु मो नाममा बनेको ठुलो चिहान हो। ३८०० साल सम्म यो संसारको सबै भन्दा अग्लो संरचना थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ