arrow

राष्ट्रपति ओबामा क्युबा जाने

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
obama-best.jpg.jpeg
वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी केही हप्ताभित्रै क्युवाको भ्रमण गर्नुहुने भएको छ । एकजना अमेरिकी वरिष्ठ कूटनीतिज्ञले सो समाचार बुधबार सार्वजनिक गरेका छन् । उनकाअनुसार राष्ट्रपति ओबामाले गर्न लागेको यस भ्रमणबाट यी दुई देशकाबीचको सम्बन्ध थप प्रगाढा बन्ने अपेक्षा गरिएको छ । उनले भने– सो भ्रमणको तिथि हामीले भोलि नै सार्वजनिक गर्नेछौँ । आगामी केही हप्तामा राष्ट्रपति ओबामाले ल्याटिन अमेरिकी देशहरुको भ्रमण गर्न लाग्नुभएको र सो भ्रमणको तालिका पनि छिट्टै नै सार्जजनिक हुनेछ । 
 
उहाँको यस भ्रमणले अमेरिका र क्युबाबीचको द्विपक्षीय सम्बन्धमा सकारात्मक अर्थ राख्ने धारणा पनि राख्नुभयो । दोस्रो विश्वयुद्धका सत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीबीचको सम्बन्धमा नाटकीय रुपमा विसका हुन लागेको छ । 
क्युबामा सन् १९५९ मा भएको क्रान्तिपछि संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रुपमा यो पहिलो भ्रमण हुन लागेको बताइएको छ । 
 
यसअघि सन् १९२८ मा मात्र अमेरिकी पूर्व राष्ट्रपति क्याल्भिन कुलिजले क्युबाको भ्रमण गर्नुभएको थियो । गएको जुलाई महिनामा आधा शताब्दिभन्दा लामो समयदेखि विग्रिएको सम्बन्ध सुधारको प्रयास भएको थियो । सो प्रयासस्वरुप राष्ट्रपति ओबामाले सम्बन्ध पुनःस्थापनाको प्रयास गर्नुभएको थियो । सो प्रयासपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो । 
 
सन् १९५९ मा क्युबाको राष्ट्रपतिमा फिडेल क्यास्त्रो आएपछि अमेरिकाले आर्थिक नाकाबन्दी सुरु गरेको थियो । त्यसदेखि यता सो नाकाबन्दी लगाई नै रहेको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ