arrow

३३ की भईन् प्रियंका, पेन्टी देखिंदा भएको थियो बेईज्जत

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
priyanka.jpg.jpeg
एजेन्सी। बलिउडकी ‘हट’ अभिनेत्री प्रियंका चोपडा  ३३ वर्षको उमेरमा हिड्दै छिन्। १८ वर्षकै उमेरमा सन् २००० मा भएको ‘मिस वल्र्ड’ प्रतियोगिताको विजेता बनेकी प्रियंकाको जन्म सन् १९८२ को जुलाई १८ तारिखका दिन झारखण्डको जम्शेदपुरमा भएको थियो ।बलिउडमा सन् २००३ को फिल्म ‘द हिरो’बाट करियर सुरु गरेकी प्रियंकाले पछिल्लो समयमा गायिकाको समेत परिचय बनाएकी छिन्। प्रियंकाले बलिउडमा ‘मुझसे शादी करोगी’, ‘क्रिश’, ‘डन २’, ‘फेसन’, ‘७ खुन माफ’, ‘बर्फी’ 'मेरी कोम'  जस्ता सफल फिल्ममा अभिनय गरेकी छिन्।
 
प्रियंकाले यस अवधिमा भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । बलिउडमा ‘देशी गर्ल’को नामले समेत परिचित प्रियंकाले बलिउडका चर्चित अभिनेताहरु शाहरुख, सलमान खान, अक्षय कुमार, ऋतिक रोशन लगायतसँग काम गरिसकेकी छिन्। सफलताको उचाईंमा अघि बढिरहेकी प्रियंकाले केहि वर्ष अघि मुम्बईमा भएको एक सार्वजनिक कार्यक्रममा बेईज्जतीको सामन गर्नु पर्‍यो। कार्यक्रममा छोटो कपडा पहिरिएर उपस्थित भएकी प्रियंकाले पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा अन्र्तवस्त्र देखिएपछि लज्जित हुनु परेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ