arrow

मलेसियामा रहेका नेपालीलाई अव राम्रो हुने

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
Malesiya.jpg.jpeg
काठमाडौ । मलेसिया सरकारले विदेशी कामदारलाई नयाँ रोजगारी दिन बन्द गरेको छ । मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदिीले शुक्रबार यस्तो घोषणा गरेका हुन् । 
 
मलेसियामा विदेशी कामदारलाई तत्काल रोजगारी नदिने घोषणासँगै नेपालबाट रोजगारका लागि मलेसिया जाने नयाँ नेपाली श्रमिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । हाल मलेसियामा आठ लाख नेपाली कामदार रहेका छन् । मलेसियाले बिहीबार मात्रै बंगलादेशबाट १५ लाख कामदार लिने सहमति गरेको छ । शुक्रबारको घोषणाले यो प्रक्रियासमेत तत्कालका लागि रोकिएको जानकारी हमिदीले दिएका छन् ।
 
नेपालले भने कामदार लिन रोकिएको बारेमा अहिलेसम्म कुनै औपचारिक जानकारी नआएको बताएको छ । वैदेशिक रोजगार विगभाका प्रवक्ता जनक रेग्मीले मलेसियाले नेपालीसहित अन्य देशका कामदार लिन बन्द गरेको बारेमा अहिलेसम्म औपचारिक जानकारी नभएको बताए ।
 
हालैमात्रै अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई वैधानिक बनाउने कार्यक्रम ल्याएको मलेसियाले काम गरिरहेका आप्रवासीलाई वैधानिक रुपमा रोजगारी दिन नयाँलाई रोजगारी बन्द गरेको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मलेसिया सरकारले अवैधानिक रुपमा रहेका आप्रवासी कामदारलाई फेब्रुअरी १५ बाट वैधानिक बन्न अवसर दिएको छ .  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ