arrow

जनसम्पर्क समिती अस्ट्रेलियाको निर्वाचन सम्पन्न, १३औ महाधिवेशनका लागि ७ प्रतिनिधी चयन

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
sydney.jpg.jpeg
सिड्नी। नेपाली कांग्रेशका सभापती तथा पुर्व प्रधानमन्त्री शुसील कोइरलाको निधन भएको १३ दिनको पुन्यतीथी पारेर सिड्नीमा श्रद्धान्जलीसभाको आयोजना गरिएको छ।
 
जनसम्पर्क समिती अस्ट्रेलिया निर्वाचन समितीले आयोजना गरेको श्रद्धान्जलीसभामा स्थानिय अभिभावक लगायत केन्द्रिय प्रतिनिधी शुर्दसन थापामगरले फुलगुच्छाले श्रद्धासुमन ब्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै मकाउ जनसम्पर्क समितीका अध्यक्ष शुर्दशन थापामगरले संविधान निर्माता र सादगी जिवन अनि बीपीको समाजवादका सच्चा भक्त शुसील कोइरालाको निधन पार्टीको लागि ठुलो क्षती रहेको बताए। उनले देश र जनताका लागि इमानदार भएर सादगी जिवनयापन गर्ने शुसीलको पथमा हिड्नसकेमात्र उनको सच्चा श्रद्धान्जली हुने बताए।
 
कार्यक्रममा चितवन समाजका अध्यक्ष बुद्धि डल्लाकोटीले लोकतन्त्रबादीलाई जुठो लागेको अहिलेको बेलामा सबैले धैर्यधारण गर्नुपर्ने बताए। डल्लाकोटीले सबै प्रजातन्त्रबादीहरुलाई १३ दिनको जुठो लागेको र चोखिएपछि कांग्रेशले कोइरालाको असल चरित्रको पथमा लम्कनु पर्ने बताए। एनआरएन ओसनियाका उपसंयोजक रमेश जोशीले आर्दशवादी, निस्वार्थभावले जनता र कार्यकर्तामा चिनिएका कोइरालाको निधन भएपनि उनको बिचार र आर्दश कहिले नमर्ने बताए।
 
 
कार्यक्रममा जनसम्पर्क समितीका कार्यबाहक अध्यक्ष शुरेस गुरुङ, अधिवेशन तयारी समितीका संयोजक प्रेम सापकोटाले कोइरालाको निधनले पार्टी र कार्यकर्ता शोकाकुल भएको बताए।  जनसम्पर्क समितीको निर्वाचन सम्पन्न नेपाली कांग्रेशका भातृ संगठनको रुपमा प्रवासमा रहेको जनसम्पर्क समिती अस्ट्रेलियाको निर्वाचन सम्पन्न भएको छ। केहि अघि हुने भनिएतापनि कोइरालाको निधनले १३ दिनको दिन कुरेर गरिएको अबिधेशनले कृष्ण गीरी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन। नेपाली कांग्रेश जनसम्पर्क समिती समन्वय बिभागको निर्देशन अनुसार सम्पन्न अबिधेशनमा सबैपदहरु निर्विरोध भएका छन। शनिबार दिनभर भएको छलफलपछि सबै पदमा मिलेर जाने सहमती भएको निर्वाचन तयारी समितीका संयोजक प्रेम सापकोटाले बताए। 
 
कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा सुरेस गुरुङ, उपाध्यक्षमा मधुकर गुरुङ, महामन्त्रीमा किरण बराल तथा कोषाध्यक्षमा रामजी बस्नेत र सहमहामन्त्री सुदिप मुडवरी चुनिएका छन। 
कार्यसमीतीका पब्लिक अफीसरमा पुर्णनाथ घिमिरे अन्य सदस्यहरुमा श्रवण भट्टराइ, सुमन बोहरा ,राजेश केसी, गोकुल घिमिरे, थानु शाक्य, टेकनाथ सापकोटा र रजनी केसी खड्का र शरण भट्टराइ रहेका छन। साधारणसभाले समितीको संरक्षकमा प्रेम सापकोटालाई मनोनयन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरुलाई सीड्नीका नेपाली समाजका अगुवाहरु केशव सापकोटा, निरज श्रेष्ठ, भुमा लिम्बु, बुद्धी डल्लाकोटी ,बिवेक थापा, जानकी पौडेल लगायतले बधाइ ज्ञापन गरेका थिए।
 
यस्तै महाधिवेशनका लागि केन्द्रिय प्रतिनिधीमा प्रेम सापकोटा, कृष्ण गीरी, रमेश जोशी, दिनेश जोशी ,सुरेस गुरुङ लगायत सात जना रहेका छन। निर्वाचनका लागि केन्द्रवाट खटाइएका शुर्दशन गुरुङले निवार्चित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए भने निर्वाचन समितीका संयोजक प्रेम सापकोटाले सपथ खुवाएका थिए।
 
पार्टीको आधिकारीक निकायका रुपमा रहेको जनसम्पर्क समिती समन्यय बिभागको निदेशन बमोजिम केन्द्रिय प्रतिनिधीका रोहबरमा यो निर्वाचन सम्पन्न भएको निर्वाचन समितीका संयोजक प्रेम सापकोटाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ