arrow

ओलीको भ्रमणले नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुर्याएको भारतीय गृहमन्त्रीको दावी

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
rajnath.jpg.jpeg
काठमाडौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको दावी गरेका छन । उनले यो भ्रमणले दुई देशवीच विगत केही समयदेखि रहँदै आएको असमझदारी हटेको भन्दै  सम्बन्ध अझै प्रगाढ र समधुर बनेर अगाडि बढेको बताए ।
 
१७ अकवर रोड स्थित आफ्नै निवासमा आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यो भ्रमणबाट नेपालले जारी गरेको संविधानमा भारतको समर्थन छैन भन्ने भ्रम हटेको दावी गर्दै संविधानसभामार्फत जनप्रतिनिधि र राजनीतिक दलहरुले बनाएको लोकतान्त्रिक संविधानमा भारतको असहमति भन्ने कुरा हुनै नसक्ने विश्वास ब्यक्त गरे ।  
 
गृहमन्त्री सिंहले नेपालमा विद्यमान समस्या संबादको माध्यमबाट समाधान होस भन्ने पक्षमा भारत रहेको स्पष्ट पार्दै भने,‘नेपालको समस्या नेपालीहरुले समाधान गर्ने हो यसमा भारतको त सद्भाव मात्रै हो । नेपालमा सीमांकनको विवाद मिलाउन राजनीतिक संयन्त्र गठन भएको छ। म त्यस्को स्वागत गर्न चाहन्छु । संयन्त्रले सीमांकन छिटो टुङगो लगाओस । संयन्त्रले विवाद मिलाउनेमा म आशाबादी छु । ’
 
उनले नेपालमा राजनीतिक संक्रमणको अन्त्य एकोले अब नेपाल विकासको बाटोमा अघि बढनु पर्ने भन्दै त्यसमा भारतले सक्दो भारतले सहयोग गर्ने बताए । गृहमन्त्री सिंहले नेपाली र भारतीयहरुवीच पारिवारिक स्तरमा बहुआयामिक सम्बन्ध रहेकोले त्यसलाई कसैले तोड्न नसक्ने  दावी गर्दै नेपाल भारतवीच रहेको सीमा समस्या, सीमा वारपार हुने आपराधिक गतिविधी समाधान गर्न आफूहरु तयार रहेको बताए । उनले त्यस्ता समस्याहरु संयन्त्र बनाएर समाधान गरिने स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ